काभ्रेको महाभारत–६ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

काभ्रे । महाभारत गाउँपालिका वडा नम्बर–६ मा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रम बीच सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्दै एक पत्र समेत जारी गरेका छन् ।

उनले सो वडाभित्र बसोवास गर्दै आएका ४ देखि १३ वर्षका सबै बालबालिकाहरु विद्यालय बाहिर नरहेको पाइएकाले वडालाई अनिवार्य तथा निः शुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको बताए । वडा नं. ६ को शिक्षा समितिको बैशाख ३० गते भएको निर्णय बमोजिम ४ देखि १३ वर्ष सम्मका बालबालिकाको वैयक्तिक विवरण कुनै पनि बालबालिकाहरु विद्यालय बाहिर नरहेको पाइएको उनको भनाई छ ।

वडाको ५ सय ७७ घरधुरीमा बालबालिकाको विवरण संकलन गरेकोमा २९४ जना छात्र तथा २७६ जना छात्रा गरि जम्मा ५७० जना रहेकोमा आधारभुत तह (१–८) विद्यालय उमेर समुहमा शतप्रतिशत भर्ना भएको वडा नं. ६ का वडा अध्यक्ष रमेश लुगेंलीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जिम्बाले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालित अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिकामा लागू गरिएको बताए । उनले पालिका भित्रका सबै वडाहरुमा पनि अभियान संचालन गाउँपालिका नै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिने बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, वडा नं. ६ का वडा अध्यक्ष रमेश लुगेंली, विभिन्न विद्यालयका शिक्षक शिक्षिका, वडाका विदार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

लोकप्रिय