काठमाडौं । काठमाडौंको तारकेश्वरमा पहिरोले गएराति घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोले घर पुर्दा तारकेश्वर नगरपालिका–५ चो गाउँका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले जानकारी दिएका छन् । घटनामा तामाङकी पत्नी ३५ वर्षीया सञ्जु तामाङ घाइते भएकी छन् ।

उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घटनाको खबर पाउनासाथ बालाजु बृत्तबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्दार गरी अस्पताल पुर्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय