काठमााडौं । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न भेगमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन सरोकारवाला निकायलाई जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ।

विभागले विशेष मनसुन बुलेटिन जारी गर्दै मुलुकमा दुईथरी न्यूनचापीय प्रणालीको असरका कारण आगामी तीन दिन भारी वर्षा हुने जानकारी दिएको हो। मनसुनको मुख्य न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको र उक्त रेखा केही दिन अझ नजिक सर्दा भारी वर्षा दोहोरिने सम्भावना उच्च रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । शनिबारदेखिको वर्षाले तराईभन्दा देशको पहाडी भूभागमा असर गर्ने उनको अनुमान छ।

विभागद्वारा जारी विशेष बुलेटिनमा भनिएको छ, “शनिबारदेखि सोमबारसम्म देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी क्षेत्रमा डुबानको जोखिम रहेको छ।” त्यस्तै ठुला तथा साना नदीनाला र खोलामा पानीको बहाव बढ्ने छ। दैनिक जनजीवन तथा सडक मार्ग तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरिएको छ।

शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भेगमा मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भेगमा पनि भारी वर्षा हुने भएको छ। आइतबार देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भेगमा भारी वर्षा हुने छ। त्यस्तै मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ।

सोमबार देशभर पूर्ण बदली कायम रहँदै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, कोशी, मधेश र बागमती प्रदेशका केही भेगमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। सोमबारसम्म मध्यमदेखि अति भारी वर्षाको क्रम तीन दिन चल्ने हुँदा देशका ठुला साना नदीको बहाव बढ्ने, आकस्मिक बहाव हुने सम्भावना रहेकाले तटीय क्षेत्रमा थप सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ। मङ्गलबारदेखि भने वर्षाको दर कम हुँदै जाने भएकाले बाढीपहिरोको सम्भावना पनि कम हुँदै जाने मौसमविद् पौडेलले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय