
काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिकामा बुधबार बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।
बनेपाबाट महाभारत गाउँपालिका तर्फ जाँदै गरेको बा १७ च २९ नम्बरको बोलेरो रोशी गाउँपालिका–९ रजबास (डाँडाटोल)स्थित जनमुक्ति मार्गमा दुर्घटना भएको हो ।


घाईतेहरूको मंगलटार सामुदायिक स्वास्थ्य इकाईमा उपचार भइरहेको र गम्भीर घाइतेलाई थप उपचारको लागि धुलिखेल ल्याएकाे छ ।
चालक निराेज स्याङ्बा सहित १८ जना यात्रु बोकेको बोलेरो ब्रेक फेल भई दुर्घटना भएको थियो ।
महाभारत गाउँपालिका अध्यक्ष जिम्बाका अनुसार बोलेरोमा सवारमध्ये महाभारत गाउँपालिका वडा नं. ५ को ३ जना र वडा नं. ७ को ६ जना घाइते भएको र अन्यको अवस्था सामान्य रहेको छ ।
घाईते हुनेहरुमा महाभारत गाउँपाकिा वडा न. ५ का ३५ बर्षकी सम्झना मोक्तान सोही वडा ३४ बर्षिय अमृत थिङ र २० बर्षकी मुना लामा रहेको छ । त्यस्तै वडा नं. ७ का ४५ बर्षिय धनलाल तामाङ, ४६ बर्षिय राजवीर भोम्जन, ११ बर्षिय म्हार्साङ भोम्जन, १७ बर्षकी सजिना तामाङ, २१ बर्षिय सुरेश तामाङ, २१ बर्षकी लमो थिङ घाइते भएका छन् ।