महाभारत,काभ्रे । काभ्रेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले सडक निर्माण कार्यको अनुगमन तथा अवलोकन गरेका छन् । बिहिबार अध्यक्ष जिम्बाले “जनमुक्ति मार्ग“ अन्तर्गत महाभारत गाउँपालिकामा पर्ने देवीटार–घर्तीछाप सडक खण्डको निर्माण कार्यको अनुगमन तथा अवलोकन गरेको हो ।

देवीटार–घर्तीछाप सडक खण्ड पूर्वाधार विकास कार्यालय, काभ्रेपलान्चोक अन्तर्गत ठेक्का सम्झौता भई निर्माण व्यवसायी सन्तोषी/धर्म एस/हरिहरि जेभी बाट निर्माण भएको हो । “जनमुक्ति मार्ग“ अन्तर्गत महाभारत गाउँपालिकामा पर्ने “देवीटार–घर्तीछाप“ सडक खण्ड कालोपत्रेमा स्तरोन्नति गर्ने कार्यको लागि सडक चौडा गर्ने, ग्याविन, टेवा पर्खाल, नाला, सडक ढलान लगाएतका कार्य धमाधम भैरहेको छ ।

अध्यक्ष जिम्बाले परिवर्तन सम्भव छ हाम्रै पालामा बिकासको तीब्र गतिमा महाभारत गाउपालिका अब दिगो बिकासको लागी तपाइँ हाम्रो निगरानीको जरुरी रहेको बताए । तपाईं हाम्रो गाउमा चलिरहेको छ धामधाम ढालन नाली लगायत स्तरोन्नतिको कार्यहरु त्यसैले यो जनमुक्ति राजमार्ग राम्रो र गुणस्तर बनाउने हामी सबैको दायित्व हो, मानी जनसमुदायलाई अनुगमनको लागी अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय