खानीखोला, काभ्रे । नेपाल टेलिकमले खानीखोला गाउँपालिका –३ को आहालेमा स्थापना भएको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । खानीखोला सरकारको पहलमा टेलिकमको सहयोग फोर जी सेवा सञ्चालनमा आएको हो ।

गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)ले भन्नुभयो “हामी निरन्तर यहाँहरुको सेवामा समर्पित छौ, खानीखोला गाउँपालीका सरकारको तर्फबाट आफ्नो कार्यकालमा २ वटा टेलिकमको टावर बिस्तार गर्न सकेका छौ। १ बर्ष अघि बल्देउमा र अहिले खानीखोला ३ आहालेमा फोर जि सेवा आरम्भ भएको छ।” अध्यक्ष थिङले फोर जी सेवा सञ्चालनमा ल्याएकोमा नेपाल टेलीकमलाई धन्यवाद दिनु हुदै औपचारिक सेवाको उदघाटन भने तिहार पछि हुने बताउनुभयो ।

लामो समय पछिको अनवरत प्रयास पछि बिहिबारबाट खानीखोला गाउँपालिका वडा नं. ३ को आहलेबाट फोर जी टावर सन्चालन भएको र टु जी भने तिहार पछि सन्चालन हुने वडा नं. ३ का वडा अध्यक्ष सागर तामङ बताउनुभयो ।

यस टावरबाट खानीखोला गाउँपालिकाको वडा नं. १,२,३, ४ र महाभारत गाउँपालिकाको वडा नं. २ का बासिन्दाहरु लाभान्वित हुनेछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय