काठमाडौँ । नेपाली कांग्रेसको इतर पक्षले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठस्थित चुनदेवी कार्यालयमा स्वागत गरेको छ।
देउवालाई सो कार्यालयमा पार्टी सभापतिको रुपमा स्वागत गरिएको हो।


देउवालाई सो कार्यालयमा पार्टी सभापतिको रुपमा स्वागत गरिएको हो। सो कार्यालयमा देउवाको कार्यकक्ष र टेबुलमा ‘सभापति’ को नेमप्लेट टाँसिएको छ।
देउवा ५ महिना विदेशमा उपचार गरी बिहीबार स्वदेश फर्किएका हुन्। उनी गत वर्ष भदौ २४ गतेको जेनजी आन्दोदलनका क्रममा कुटपिटबाट घाइते भएका थिए।
कांग्रेस इतर समूहले शुक्रबारबाट ३ दिनसम्म राष्ट्रिय भेला आयोजना आयोजना गरेका छन्। त्यो भेलामा देउवा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।
भेला आयोजक समितिको संयोजक शशांक कोइराला हुन्।










