काठमाडौं । नेपाली तामाङ सेलो सांगीतिक क्षेत्रमा नयाँ म्युजिक भिडियो ‘जुरेली चरी’ सार्वजनिक भएको छ। सुसन लामाको शब्द तथा संगीतमा तयार भएको गीतमा सुशील तितुङ लामा र शशिकला मोक्तानले स्वर दिएका छन्।

गीतको एरेन्ज नोर्बु शेर्पाले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ सुमन खड्काले गरेका हुन्। गीतको रेकर्डिङ तथा निर्माण कार्य पर्पल स्टुडियो, नक्सालमा गरिएको हो।

‘जुरेली चरी’को म्युजिक भिडियोमा अमिर डोङ र अम्बिका तामाङको मुख्य अभिनय रहेको छ। अतिथि कलाकारका रूपमा कुइसाङ रुम्बा, अनिता तामाङ नेगी, राम लामा र माया स्याङ्बो तामाङको समेत अभिनय रहेको निर्माण पक्षले जनाएको छ।

भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका छन् भने मेकअप संगीता अच्छामीले गरेकी हुन्। भिडियोको कलर तथा पोस्टर अनिल बिष्ट प्युठानीले तयार गरेका छन्। कलाकारका लागि आवश्यक पोशाक क्लोथिङ इन नेपाल तामाङ ड्रेस होलसेल स्टोरले उपलब्ध गराएको हो।

त्यस्तै, भिडियोको कोरियोग्राफी पाल्देन लामाले गरेका छन्। सम्पादन तथा निर्देशन अमिर डोङले गरेका छन् भने पोस्ट प्रोडक्सनको जिम्मेवारी डम्फु मिडियाले सम्हालेको छ।

मौलिक नेपाली सांगीतिक स्वादसँगै आकर्षक दृश्य प्रस्तुतिलाई प्राथमिकता दिइएको ‘जुरेली चरी’ म्युजिक भिडियोले दर्शक तथा संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।

भिडियो

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय