♦हिरामाया घिसिङ
महाभारत, काभ्रे । तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मञ्जु श्री संवत २८५९औं हृयोयी ल्हो (बिरालो वर्ग) सोनाम ल्होछार आगमनको सुखद अवसरमा काभ्रेको महाभारत गाउँपालिका वडा नं २ कुपिन्टारमा अवस्थित श्री कालीदेवि मा.वि. मा बिहिबार सम्पन्न भएको हो ।


उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश मोक्तानको सभापतित्वमा र वडाध्यक्ष पदमबहादुर मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो । कार्यक्रममा लामा गमल घिसिङबाट पुजापाठ गरि द्विपप्रज्वलन गर्नुका साथै ताम्बा गीतबाट मनोरञ्जन गराएका थिए ।
विद्यालय उमेरदेखि नै तामाङ भाषा,धर्म, सँस्कृति र खानाको बारेमा परिचित गराउने उद्वेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय स्तरमा उपलब्ध खाना फापरको फुलौरो र गुन्द्रुक भटमासको परिकार खाजाको रुपमा उपलब्ध गराएको थियो।
उदघोषक हिरामाया घिसिङले सञ्चान गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका वडाध्यक्ष पदमबहादुर मोक्तान,विशेष अतिथि लामा गमल घिसिङ र विद्यालयका प्रधानाध्यापक शुनिल कुमार सारु, विद्यालय व्यवस्थापन समितिका सदस्य जनक मोक्तान र लक्ष्मीनारायण माध्यमिक विद्यालय रोसीका प्रधानाध्यापक गनबहादुर बलले शुभकामना मन्तव्य राखेका थिए। शुभकामना मन्तव्यका क्रममा वडाध्यक्षले कार्यक्रम आयोजनाप्रति खुसी व्यक्त गर्दै विद्यालयलाई धन्यवाद समेत दिएका थिए भने प्रधानाध्यापक शुनिल कुमार सारुले तामाङ भाषामै मन्तव्य राखेका थिए ।
कार्यक्रममा कक्षा १०, ७ र ५ का छात्राहरुले नृत्य र गीत प्रस्तुत गरेका थिए ।










