काठमाडौँ । झापाको कचनकवल र हल्दिबारी गाउँपालिकाले पृथ्वीनारायण शाहको जन्मजयन्तीको विदा दिएका छन् । दुई पालिकाले शाहको जन्मजयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

गाउँपालिकाले ‘राष्ट्रिय एकता दिवस’ भव्य रुपमा मनाउन सूचना निकालेर आह्वान गरेको छ । कचनकवलका अध्यक्ष अन्जरा आलमले हस्ताक्षर गरेको सूचनामा गाउँपालिका मातहत सञ्चालित सबै निकाय, विद्यालय बन्द रहने जनाएको छ ।

अध्यक्ष रवीन्द्र लिङ्देनले हल्दिबारीमा कार्यालय तथा मातहतका सबै वडा समितिको कार्यालय, शैक्षिक संस्थामा बिदा गरिएको बताए ।

यी दुवै गाउँपालिकाका अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय