
काभ्रे । काभ्रेको क्षेत्र नं. २ बाट निर्वाचित एमालेका सांसद एवं पुर्वमन्त्री गोकुल बास्कोटा र महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) बिच जुहारी चलेका छन् । मंगलबार संसदको शुन्य समयमा सांसद बास्कोटाले विपि राजमार्ग हुदै महाभारत गाउँपालिका जोड्ने सडक निमार्णको विषयमा बोल्नु भएको थियो सो विषयमा सांसद बास्कोटा र अध्यक्ष जिम्बा विच जुहारी चलेका छन् ।
सांसद गोकुल बास्कोटाले काभ्रेको विकट डाँडापारी महाभारत गाउँपालिका जोड्ने सडकखण्डको काम उल्टोबाट सुरु गरेको भन्दै आपत्ति जनाएका थिए । मंगलबार संसदको शुन्य समयमा बोल्दै सांसद बास्कोटाले विपि राजमार्गबाट पिन्थली, रजबस हुदै महाभारत महाभारत गाउँपालिका जोड्ने सडक खण्डको काम उल्टो सुरु गरेको बताएका थिए।


संसदमा बास्कोटाले बीपी हाईवेबाट पिन्थली-रजबास र काभ्रे जिल्लाको विकट ठाउँ महाभारत जाने ठाउँको बाटो हेलिकप्टरमा रड लगेर बनाउनी हो ? बाटो यताबाट जान्छ । निर्माण कार्य उताबाट शुरु भएको छ । ब्यापक सत्ताधारी पक्षले दुरुपयोग गरेको छ ।’
महाभारत गाउँपालिका अध्यक्ष जिम्बाले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । समाजिक संजालमा अध्यक्ष जिम्बाले लेखेका छन् माननीय ज्यु म आज भ्रममा रहेछु जस्तो लागिरहेको छु किनकि मैले पटकपटक भनेको थियो कि हजुर एक काभ्रेको आशा लाग्दो नेता हुनुहुन्थ्यो तर होइन रहेछ ।
काभ्रेको तर्फबाट प्रतिनिधित्व गर्नु हुदै सरकारको प्रभावशाली विभिन्न मन्त्रालय समाल्नु भो मन्त्री हुनु भो महाभारतको लागि केही बोल्नु भयो र ?गर्ने को कुरा त धेरै टाढाको कुरा रह्यो, नेपाल को संविधान २०७२ ले ३ तह को सरकारको स्थापना गरियो त्यही अनुसार महाभारत गाउँपालिकाको केन्द्रबाट सदरमुकाम आउने बाटो कालोपत्रे गर्ने योजना अनुसार निरन्तर को प्रयास बाट कार्य आगडी बड्यो ।
हाल ३ खण्डबाट काम बढाउने गरि ३४ किलोमिटर सडक कालेपत्रे हुने गरि कार्य अगाडि बढिरहेको सन्दर्भमा यसलाई प्रभावित हुने ढंगले जसरी संसदमा बिचार व्यक्त गर्नु भयो यस बाट हामीलाई दुखित तुल्याएको छ, पक्कै महाभारतको आम जनसमुदायलाई पनि, मेरो अनुरोध छ ।हामी ले धेरै मेहनत गरि सुरु गरिएको काम लाई डाहा होइन सहयोग गरौ ।
यो सडकलाई हामी गाउँपालिका केन्द्र जोड्ने सडक मात्रै होइन राजमार्ग बनाउने हो त्यसैले मन्त्री ज्यु सक्नु हुन्छ भने यो बाटो को पिन्थालीबाट करिब ७ किलोमिटर खण्ड कालोपत्रे सम्मको ठेक्का लागाउन बाँकी छ। बजेठ को ब्यबस्थापन गर्न सहयोग गरौ त्यो पनि सक्नु हुन भने त्यो पनि हामी नै गरौंला बाकी अनावश्यक राजनीति नगर्दै राम्रो होला कि?
बाकी कुरा मन्त्री ज्यु हजुर को क्षेत्र र शहर मा पिच माथी पिच थप्दा सत्ताको दुरुपयोग नहुने आज महाभारत को थुप्रै प्रयास बाट सडक को ठेक्का लाग्दा मात्र हजुरको निन्द्राहारम हुने पर्ने चिन्ता गर्नु पर्ने कारण के ? महाभारतको चही बिकास हुनुपर्दैन ?कि महाभारत को बिकास गर्न खोज्दा सत्ताको दुरुपयोग हुने बुझ्न गाह्रो भयो त महोदय ?
धुलिखेल-खावा सडक बारे बास्कोटाको धारणा
अरनिको राजमार्गको नाम परिवर्तन गरेर ‘सग्ला मान्छे कच्याककुचुक अन्तराष्ट्रिय राजमार्ग’ राख्न भन्दै ब्यङ्ग गरेका छन् । संसदको शुन्य समयमा बोल्दै सांसद बास्कोटाले राजमार्ग मर्मतको कार्य लामो समयसम्म पनि नसकिएको भन्दै ब्यङ्ग गरेका हुन् ।
उनले धुलिखेलदेखि खावासम्मको ४ किलोमिटर बाटो अझै नबनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । ठेकेदारको म्याद सकिएको ३ महिना हुँदा पनि बाटो नबनेको भन्दै उनले अशन्तुष्टी व्यक्त गरेका हुन् ।
उनले भने ‘यो बाटोले ४१२ जनाको हातखुट्टा भाचेको छ, दशैको मुखमा कतिको भाचिने हो?, हस्पिटल खोल्छ कि निशुल्क उपचार गर्छ? , यसमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस् वा म अनसन बस्नु पर्ने हो?’।