
काभ्रे । गाई काटेर बोरामा मासु बोकेर हिँड्दै गरेको आराेपमा काभ्रेबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
सोमबार साँझ धुलिखेल नगरपालिका-१२ ठूलीचौर जंगलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।


पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका- ११ जिमिरेका ५६ वर्षीय इन्द्र बहादुर तामाङ, काभ्रेकै चिल्ले घर भएकी ३५ वर्षीया शान्ता लामा र झापा घर भई काभ्रेको डाँडा कटेरी माइत भएकी २६ वर्षीया ठूली तामाङ छन्।
ठूलीचौर जंगलमा गाई काटेर बोरामा मासु लिएर नमोबुद्ध- ११ तर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट गाईको छाला र खुट्टाहरु पनि बरामद भएको प्रहरीको भनाई छ। नेपालको संविधानले गौहत्यालाई निषेध गरेको छ।