
महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाबाट एक बालिका सम्पर्क बिहीन भएकी छिन् । महाभारत गाउँपालिका– ८ सिउरेनी निवासी १६ वर्षीया सन्जिता थिङ सिउरेनिबाट १९ गते बिहान ८ बजेदेखि सम्पर्क विहिन भएको उनका बुबा जगबिर थिङले ग्लोबल खबरलाई बताए ।
१९ गते बिहान कालो सट, रातो सुरुवाल र रातो चप्पल लागएर घाँस काट्न हिडेकी सन्जिता गाउँबाट नै सम्पर्क विहीन भएको जगबिरले बताए । घरबाट निस्केपछि अहिलेसम्म घरमा पनि आएकी छैन । उसको हिजो सम्म मोबाइलमा फोन लागेको तर नउठाएको र आजबाट अफ रहेको उनका दाई ब्रीखा थिङले बताए ।


- यस्तो अवस्थामा घरबाट निस्केकी थिइ सन्जिता
आफन्तको घरमा पनि गएकी छैनन् । बालिका सन्जिता थिङ गोकुले मा.वि. मा कक्षा ९ बाट १० मा पास भएको र भर्न हुन बाँकी रहेको पारिवारिक स्रोतले बताएको छ । बालिका कतै देखिएमा वा भेटिएमा नजिकैको प्रहरी कार्यालयमा वा ब्रीखा थिङ (दाई) ९७६६२७०२६५ र प्रकेश थिङ(दाई) ९८६३७४६१२३, विकेश थिङ ९७६६९५८५३१ सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन् । साथै ग्लोबल खबरको टिमलाई पनि सम्पर्क गर्न सक्नुहुने छ ।