
महाभारत,काभ्रे । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा मगंलबार दिउँसो २ जनाको मृत अवस्थामा फेला परेका छन् ।
६० बर्षीय मान बहादुर बल र ५५ बर्षीय उनकी श्रीमती केकैमाया बलको हम्बर प्रहार गरी हत्या भएको जस्तो अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।


महाभारतको प्रहरी टोली घटनास्थलमा पुगेको छ। टिनले छाएको र जस्ताले बारेको सो पसल घर टहरोमा मान बहादुर र उनकी श्रीमती मात्रै बस्थे। उनहरूकाे ३ छाेरा रहेको र सबै छोरा काठमाडौ र छोरी बनेपा बस्ने गरेको स्थनीय प्रहरीले बताए ।
घटना करीब १२ घण्टा अगाडी नै घटेको हुन सक्ने प्रहरीले अनुमान गरेका छन् । घटनास्थालमा हम्बरमा रगत भएको अवस्थामा भेटिएको फोक्सीङटार प्रहरी चौकीका हवल्दार रमेश मैनालीले बताए ।
घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान थालेको छ। जनप्रतिनिधि र प्रहरीको साथै मृतकका आफन्तहरू घटनास्थलमा जम्मा भएका छन्।