काठमाडौं । काभ्रेकी एक महिला ललितपुरबाट सम्पर्क बिहिन भएकी छिन । जिल्लाको तेमाल गाउँपालिका– ९ मुक्पा निवासी फुर्साङ थोकर कि श्रीमति कल्पना भन्ने करुणा तामाङ यहि माघ १४ गते ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलबाट आफ्नो ८ बर्षकी छोरी छोडि कोठाबाट सम्पर्क बिहिन भएकी छिन ।
बर्ष २८ की गहुगोरी बर्ष ४.९ फिट उचाइ भएकी कल्पना १४ गते दिउँसो ३ बजे तिर छोरीलाई स्कुलबाट ट्युसन कक्षामा छाडी कोठाबाट सम्पर्क बिहिन भएको उनका ससुरा नेत्र सिं थोकरले बताए । कोठाबाट रातो कुर्था र सुरुवाल लगाएर निस्केको देखेको केहि देख्ने व्यक्तिहरु बताए ।
आठ बर्ष पहिले विवाह गरेको कल्पना र फुर्साङको एक छोरी मात्रै छन् । फुर्साङ थोकर वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएको १४ महिना भएको परिवारजनले जनकारी दिए ।
आफुखुसी हिडि सम्पर्क बिहिन भएकोले भाउजु कल्पनालाई खोज तलास र प्रचारप्रसार गरि पाउँ भनि ङवाङ थोकरले प्रहरी वृत सातदोबाटोमा निवेदन समेत दिएको छ ।
हराइरहेकी कल्पना (फोटोमा रहेकी महिला) लाई कसैले कतै देखेमा नजिकैको प्रहरी कार्यालय वा ९८०३०३९९५३ मा अथवा ग्लोबल खबरको टिमलाई सम्पर्क गरिदिनुहोला । साथै यो खबर शेयर गरि सहयोग गर्नुहोला ।