काभ्रे । काभ्रेको बनेपाबाट एक महिला सम्पर्क बिहिन भएकी छन् ।

सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर ५ रामपुर बुदुमचुली घर भई हाल बनेपाको चौकोट बस्दै आएकी २७ बर्षीय जमुना थिङ तामाङ यहि चैत्र ५ गतेदेखि सम्पर्क बिहिन भएको पारिवारिक स्रोतले बताएको छ ।

श्रीमान अनिल जिम्बा, बेपत्ता जमुनाका दाजु रोजन थिङ र काका ललित थिङले खोजीका लागि इलाका प्रहरी कार्यालय बनेपामा निवेदन दिएका छन् ।

उनका दाई रोजनले श्रीमान् अनिलसँग झगडा नभएको र अनिल कामको सिलसिलामा सिन्धुपाल्चोक भएको समयमा बेपत्ता भएको बताए । जमुनाले फेसबुक म्यासेन्जरमा म्यसेस लेख्न नआए पनि एकजनासंग भ्वाइस र भिडियो कलमा पटकपटक बोलचाल गरि डिलेट गरेको भेटेको परिवारको भनाइ छ ।

५ गते दिउँसोको समयमा रातो कुर्तामा बनेपा तिनदोबाटोमा चिनेको एकजनाले भेट्दा कहाँ जना लागेको भनेर सोध्द म कोठामा जना लागेको भनेर हिडेकी जमुना विभिन्न ठाँउमा खोजी गरे पनि फेला पर्न नसकेको परिवारको भनाइ छ ।

जमुना अनिल जिम्बासंग विवाह गरेको १० बर्ष भइसकेको र उनीहरुको ९ वर्षको छोरा र ७ बर्षकी छोरी छन् ।

परिवारले खाजीदिनका लागि सबैमा आग्रह गरेका छन् । कोहि कसैले भेटाउनु या देख्नु भएमा नजिकको प्रहरी कार्यालयमा वा श्रीमान अनिल जिम्बा मोबाइल नं. ९८६१८५६३८६, दाई रोजन थिङ ९८६०९६९४१९ र काका ललित थिङ ९८१३८८२२६७ मा खबर गरिदिन परिवारले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय