काभ्रे । काभ्रेको अरनि राजमार्ग अन्तर्गत धुलिखेलमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएको छ ।

आज विहान धुलिखेल नगरपालिका वडा नम्बर ३ अरनिको होटल अगाडि अरनिको राजमार्गमा रामेछापबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.५ ख. ३७३५ न.को ग्यास बोक्ने ट्रकले धुलिखेलबाट बनेपा तर्फ जाँदै गरको बा.९९.प. २८३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ का करिब २४ बर्षीय सबिन श्रेष्ठ घाईते र मोटरसाइकलको पछाडी सवार बाहबिसे नगरपालिका वडा नम्बर ४ का गौतम श्रेष्ठ घाइते भएका छन् ।

घाइते मध्ये गौतम श्रेष्ठको दाहिने हात र दाहिने खुट्टामा चोट अवस्था लागेको बताइएको छ । प्रहरीले मन्थली
नगरपालिका वडा नम्बर १३ का ३६ बर्षीय ट्रक चालक सुमन लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय