
काभ्रे । काभ्रेको तेमाल गाउँपालिका २ मा रड प्रहार गरेर एक महिलाको हत्या भएको छ ।
प्रहरीका अनुसार आज (बिहीबार) दिउँसो तेमाल गाउँपालिका २, लामागाउँस्थित काफलबोटकी ५८ वर्षीया साइँली तामाङलाई स्थानीय मानध्वज तामाङले रड प्रहार गरी हत्या गरेका हुन् ।


रड प्रहार गर्ने ५६ वर्षीय मानध्वज तामाङलाई प्रहरीले हिरासतमा लिएको वडाध्यक्ष देवराज तामाङले जानकारी दिनुभयो ।