काठमाडौँ । दुवै मृगौला फेल भएर पीडित बनेका मलेन्द्र मोक्तानले भावुक हुँदै भन्छन्, मलाई बचाइदिनुस् ! काभ्रे डाँडापारी महाभारत गाउँपालिका–२, मोक्तानटोल निवासी ३१ बर्षीय मलेन्द्र मोक्तानको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचिरहेका छन् ।

३१ वर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।

बुवा धन बहादुर मोक्तान (टाईगर) र आमा पातली माया मोक्तानको कोखबाट जन्मिएका मलेन्द्र मोक्तान सामान्य लेखपढ पछि गाउँघरमै खेतीपतीको काम गरेर बस्दै आएका थिए । सानै उमेर देखी अलि कमजोरी भएपनि यति ठुलो रोग लागेको छ, भनेर सोचेको थिएन । एक्कासी प्रेसर बढेर ढले पछि उपचारको लागि टिचिङ अस्पताल महाँराजगंज काठमाडौंमा चेकजाँच गराउदा दुवै मृगौला फेल भएको पुष्टि भए पछि उनी आफू माथि सिङ्गो आकाश खसे जस्तो झसङ्ग भए ।

चिकित्सकले दुबै मृगौला प्रत्यारोपण गरेपछि ठिक हुने सल्लाह दिएपछि अहिले उनले सबै सँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित मलेन्द्रले सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।

टिचिङ अस्पताल महाँराजगंज काठमाडौंमा उपचार गरिरहेका मलेन्द्रको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । सामान्य परिवारमा जन्मिएका र गाउँमा सामान्य खेतीपती गरेर बस्दै अएको मोक्तान परिवारलाई यो समस्या आएको हो । तर बिडम्बना दुबै मृगौला फेल भएपछि अहिले उनी अस्पतालको शैयामा छट्पट्टी रहेका छन् ।

दुबै मृगौला प्रत्यारोपण गर्न १० देखि १५ लाख आर्थिकको जोहो गर्न चिकित्सकले भनेका छन् तर यति ठूलो पैसा कहाँबाट कसरी ल्याउने उनका बाबु धन बहादुर मोक्तान (टाईगर)ले रूदै छोराको ज्यान बचाई दिन सबैलाई आग्रह गरेका छन् । घरमा अलि अलि भएको पैसा हालसम्म भएको उपचारमै सकियो अब थप उपचार गर्ने पैसा नभएको मोक्तानले ग्लोबल खबरलाई जानकारी दिए ।

उनलाई सहयोग गर्न चाहनेले मोबाइल नं. ९८४८४४५२९६ तथा ग्लोबल खबरको टिमलाई सम्पर्क गर्न सक्नुहुनेछ।

परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय