विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० प्रदेश १ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन् । मोरङको पथरीमा विहीबार सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्म रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
महाधिवेशनले लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गरेको छ। समितिका उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल, महासचिवमा सुसन राई, सचिवमा सन्देश सुब्बा र प्रदीप चौधरी तथा कोषाध्यक्षमा प्रेम देवान निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा वसन्त पालुङ्वा, मोहन तामाङ, सन्दिप राई, ब्रह्मलाल हजारी, सुप्रिया राई, शर्मिला राई, प्रमिला श्रेष्ठ, विजय धिमाल निर्वाचित भएका छन् । त्यस्तै‚ खगेन्द्र कुलुङ, अतित योङहाङ, राजन साम्पाङ, ज्ञानु केदेम, एलबी लावती र बाबुराम मुडियारी सदस्यमा निर्वाचित भएका छन् ।
लेखा समितिका संयोजकमा महेन्द्र मादेन र सदस्यमा दीपक राई र नेत्रकुमार सुनुवार निर्वाचित भएका छन् । अनुशासन समिति संयोजकमा वीरबहादुर पापो र सदस्यमा सोनीकुमार आङदेम्बे र विजयकुमार राई निर्वाचित भएका छन् ।
मंगलबार सुरु भएको महाधिवेशनमा प्रदेश १ का १४ जिल्लाबाट १०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो। महाधिवेशनले ११ बुँदे ‘पथरी घोषणापत्र’ पारित गरेको छ ।
महाधिवेशनले प्रदेश १ को नाम पहिचान र सामर्थ्यको आधारमा ‘लिम्बुवान–किरात’ वा ‘किरात–लिम्बुवान’ राख्न माग गरेको छ ।