अमृत योन्जन
महाभारत, काभ्रे । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले आज देशमा आएको सबै खाले परिवर्तनको पहलकर्ता माओवादी भएको बताएका छन् ।
विहिबार माओवादी केन्द्र महाभारत गाउँपालिका कमिटीको आयोजनामा देवीटारमा आयोजित राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम बोल्दै उनले संघीयता, धर्मनिरपेक्षता, मौलिक हक, राजतन्त्रको अन्त्य र अहिले देशमा देखिएको परिवर्तनको पहलकर्ता माओवादी भएको बताएका हुन् ।
उनले अन्याय उत्पीडनमा परेका र पारिएका किसान, मजदुर, महिला, दलित, मधेसी, पिछडिएका बर्गको प्रतिनिधित्व गर्दै स्वदेशी दलाल, भष्ट्रचारीसँगै विदेशी हस्तक्षेपको विरुद्ध लड्नु पर्छ भन्ने मुल मन्त्र बनाएर जनयुद्ध गरेको स्पष्ट पारे । जनयुद्धमा सहभागी हुन पाउँछ आफुलाई गर्व लागेको समेत बताए ।
‘महिलालाई ५१ प्रतिशात राजनीतिक तथा संस्कृतिक अधिकार माओवादी आन्दोलनकै कारण दिइएको छु’, उनले भने, ‘देशमा अहिले देखिएको यी सबै परिवर्तन २०५२ देखि २०६३ सम्म माओवादीले लडेको जनयुद्धको उपलब्धि हो । विपक्ष पार्टी वा माओवादी विरोधीले भन्नको लागि जे भनिए पनि यथार्थ यहि हो ।’
त्यस्तै प्रदेश कमिटी अध्यक्ष सहयात्रीले भने, ‘प्रचण्ड यो देशको, यो युगको नायक भन्दा केही परक पर्दैन । किनकी दुरदराजका गरिब किसान, दलित, महिला आदिको आवाज बुलन्द गर्नेदेखी राजतन्त्र उखेलेर गणतन्त्र ल्याउने सम्मको काम प्रचण्ड नेतृत्वको माओवादीले गरेका छन् ।’
उनले पुर्वपञ्चहरु र संघीयता मन नपराउनेहरुले संघीयता चाहिँदैन भन्दै ठाउँको उठाउन खोजेको तर त्यो दिवा स्वप्न पुरा नहुने बताए । गाउँमा अहिले राम्रो बजेट र विकासको मुल फुट्नुका कारण नै संघीयता भएको बताए ।
उनले अधिकांश सहकारी संस्था जनतालाई सेवा दिने बहानामा तानाशाही चरीत्रमा अघि बढिरहेको आरोप लगाए ।
महाभारतको उत्पादन गाडीमा पठाउने सक्ने हुनोस्, सडक पिच हुन्छ
प्रदेश कमिटी अध्यक्ष सहयात्रीले डाँडापारिको जनताले आफ्नो उत्पादन गाडीमा हालेर पठाउन सक्ने बेलासम्म यहाँको सकडसमेत पिच भइसक्ने बताए । अहिले महाभारतको केही ठाउँमा सकडको पिचको काम अघि बढिरहेको र त्यो सकड पिच हुने बेलासम्ममा महाभारतबासीले पनि आफ्नो उत्पादन बजार पठाउन सक्ने अवस्था सिर्जना हुने सकेमात्र सकड कालोपत्रे हुनुले अर्थ राख्ने बताए ।
‘अहिले बनेपाबाट आउँदा गाडी भरिएर आएपनि फर्किदा रित्तै जानु पर्ने अवस्था छ,’ उनले भने, ‘बेयरका बोत्तल गाउँमा देखिनुु सम्बृृद्ध होइन यहाँको उत्पादन चाहिँ बजारमा लाने अवस्था आउनु पर्छ । डाँडापारिको जनताको अवस्थामा परिवर्तन आउनु चाहिँ ठुलो कुरा हो । महाभारतको बेशीँ क्षेत्रमा मेवा, आँप, धान आदि हुन्छ भने लेकाली क्षेत्रमा त्यस्तै अरु केही हुन सक्छ ।’
उनले महाभारतलाई पर्यटन क्षेत्र बनाउन सक्ने प्रचुर सम्भावना भएको बताए । यसको लागि गाउँपालिकाले पर्यटनसँगै उत्पादनको मोडल बनाएर किसानलाई काम गर्न दिने र बजार व्यवस्था गर्नु पर्ने बताए । उनले भने, ‘माओवादीले जितेको ठाउँमा कम्तीमा यति चाहिँ हुनै पर्छ, त्यसो हुनसकेमा मात्र माआवादी आन्दोलनले उठाएको उत्पादनसम्बन्धी एजेण्डाले सार्थकता पाउँछन् ।’
उनले महाभारतबाट गाडीका गाडी किसानको पसिना÷उत्पादन लोड भएर बजार गएको हेर्न चाहेको समेत बताए ।
त्यस्तै उनले माओवादीले उठाएको केही एजेण्डाहरु खोटाङमा कृषि विज्ञ मदन राईले सुरु गरेको शिक्षासँग मिल्ने बताए । ‘हामीले उठाएको जनवादी शिक्षाको मोडल करिब त्यहीँ हो । जहाँ एक जना विद्यार्थीले बाह्र कक्षा पास गर्दा हात प्रमाणपत्रसँगै सीप पनि साथमा होस्’ उनले भने ।