पनौती, काभ्रे । काभ्रेको पनौती नगरपालिका–७ स्थित् त्रिवेणीघाट क्षेत्रको रुप अहिले फेरिएको छ । ऐतिहासिक र पुरातात्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मकर मेलाको तयारी तीव्र रुपमा भइरहेका छन् ।
माघ १ गतेबाट एक महिना विशेष रुपमा मनाइने मकर मेलाको लागि पनौतिको त्रिवेणीघाट क्षेत्र चिटिक्क पारेको छ ।


मकर मेला नजिकिएसँगै पनौतीको रुप पनि फेरिएको छ । त्यस्तै त्रिवेणीघाट क्षेत्रको मन्दिर र परिसर तोरणले सिङगारिएको छ ।
जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगर्न आग्रह गरेको छ ।
नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै एकपटकमा २५ जनाभन्दा बढीले स्नान गर्न नपाउने गरी व्यवस्था मिलाएको जनाएको छ ।
त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टी रहेको कुञ्जगिरी पर्वत अर्थात् गोरखनाथडाँडास्थित गोरखनाथलाई चढाउँदा पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
हेर्नुस् तस्बिरः
तस्वीर : जीवन तामाङ