काठमाडौँ । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार मृत्यु हुनेमा गोरखा नगरपालिका –४ का २२ वर्षीय ट्रक चालक मिलन मग्राती रहेका छन् ।

प्रहरी निरीक्षक अधिकारीले तुम्लिङटारबाट वीरगञ्‍ज जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको बताए । सोमबार बिहान ७ बजे प्र.२०३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै भएको हो ।

प्रहरी निरिक्षक अधिकारीले ट्रक मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्‍याएर सोमबार बिहान वीरगञ्‍ज फर्कंदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर दुर्घटनामा परेको बताए ।

उनले मृतक मग्रातीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याउने तयारी भइरहेको बताए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय