काठमाडौं । नेपाल तामाङ विद्यार्थी घेदुङको ३० औं वार्षिकोत्सवको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव हर्कमान तामाङको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा तामाङ विद्यार्थीहरुको सहभागीता थियो ।

उपमहासचिव तामाङले विद्यार्थीको विषयमा प्रष्ट पार्नु हुदैे तामाङको समसामयिक बारेमा तामाङ विद्यार्थीहरुले अध्ययन गरिरहनुपर्ने र व्यक्तित्व विकाससँगै र देशको सेवा निरन्तर खटिनुपर्नेमा जोड दिनुभयो । उहाँले तामाङ जात अथवा समुदाय नेपाल मै उत्पत्ति भएको उल्लेख गर्नेु हुदै तामाङको इतिहासको बारेमा प्रष्ट पार्नु भयो ।

नेपाल तामाङ विद्यार्थी घेदुङका संघीय अध्यक्ष इन्द्र तामाङको सभापतित्वमा भएको सो कार्यक्रमको अतिथिमा नेपाल तामाङ घेदुङका संघीय सचिव बेल बहादुर लुङ्बा नेपाल तामाङ युवा घेदुङका संघीय अध्यक्ष विलम मोक्तान लगायतको सहभागीता थियो ।

कार्यक्रम संचलन नेपाल तामाङ विद्यार्थी घेदुङका संघीय महा सचिव जगत लामा गरेको थियो । घेदुङको सभा हालमा भएको उक्त कार्यक्रम नेपाल तामाङ विद्यार्थी घेदुङका संघीय कार्य समितिले आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय