आफ्नै विद्यालयमा कार्यरत शिक्षिकालाई यौन दुव्र्यवहार गरेका दाङका एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर ती शिक्षिकाले शिक्षकविरुद्ध सार्वजनिक अपराधमा कारबाहीका लागि उजुरी दिएकी छन् ।

दाङका डिएसपी सुमित खड्काले घोराहीको सिद्धार्थ बोर्डिङका शिक्षक रामकुमार राना पक्राउ परेको जानकारी दिए । रानाले त्यहीँ स्कुलमा कार्यरत शिक्षिकालाई यौन दुव्र्यहार गरेर भिडियो सामाजिक सञ्जालमा राखेका थिए ।

२३ वर्षीय शिक्षक रानाले शिक्षिकालाई आफ्नो गुप्ताङ्गमा कैंची राखेर निकाल्ने प्रयास गरिरहेको भिडियो बनाएका थिए । पीडितको जाहेरीका आधारमा प्रहरीले ती शिक्षकलाई पक्रेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय