काठमाडौं । दुवै मृगौला फेल भई आर्थिक अभावका कारण उपचार तथा प्रत्यारोपण गर्न समस्या भएको काभ्रे जिल्ला डाँडापारी महाभारत गाउँपालिका –१ गोकुले, छोटेसाहनका रमित थिङलाई टेन स्टार ग्रुपले ५० हजार सहयोग गरेको छ।

आर्थिक,सामाजिक र राजनीतिक समस्याहरुलाइ निर्मुल पार्ने उदेश्यले काभ्रेको डाँडापारी खानीखोला गाउँपालिका- ४ मा स्थापना भएको “टेन स्टार” ग्रुपले बिरामीको मृगौला प्रत्यारोपण तथा उपचार खर्चको लागि ग्रुपको कोषबाट उक्त रकम ग्रुपका सचिव मिलन मोक्तानले मृगौला पीडित थिङलाई हस्तान्तरण गरेका हुन्।

आर्थिक अभावका कारण उपचारमा समस्या आएको ग्लोबल खबरबाट जानकारी पाएपछि टेन स्टार ग्रुपको समितिको निर्णय अनुसार उक्त रकम हस्तान्तरण गरेको ग्रुपको अध्यक्ष पन्चलाल घलानले जानकारी दिए।

विगत केहि हप्ता देखि दुवै मिर्गौला फेल भई टिचिङ अस्पताल महाँराजगंज काठमाडौंमा उपचार तथा डायलासिस गराइराखिएको मृगौला पीडित रमितका दिदी प्रगति थिङले जानकारी दिइन् । मृगौला प्रत्यारोपणका लागि २० देखि २५ लाख चाहिने भए पनि आर्थिक समस्याको कारण प्रत्यारोपण गर्न नसकिएको युवा नेता तथा समाजसेवी गोविन्द स्याङतानले बताए । हाल रमित थिङ बचाउ अभियान देश विदेशमा संचालन भइरहेको युवा नेता तथा समाजसेवी अमृत लामाले बताए।

दुबै मृगौला फेल थिङलाई सहयोग गर्न चाहानु हुनेले बिरामीको दाइ भिम बहादुर थिङ ९७४०७११६७३ समाजसेवीहरु गोविन्द स्याङतान मोबाइल नम्बर ९८४१८४०३४५ र अमृत लामा ९८४१५०२८९७ मा मा फोन गर्न सक्नु हुने छ । साथै बिरामीको दिदि प्रगति थिङ को प्रभु बैंकको खाता नम्बर ०३८०१९९४४१८०००१२जम्मा गर्न सक्नुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय