असोज २०, सल्यान । ज्वाईलाई छोरा भनेर नागरिकता बनाएको आरोपमा सल्यान प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष ४६ का मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नम्बर ७ दाङ घर भई हाल छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्दै आएका वर्ष २३ का समीर मियाँ भन्ने ईमाम बक्स मियाँ रहेका छन् ।
इँमाम बक्स मियाँ नाताले मुस्ताजका ज्वाईँ हुन तर छोरा बनेर नागरिकता लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।