महाभारत,काभ्रे । महाभारत गाउँपालिकाले यही फागुन २३ गते बुधबारदेखि गाउँपालिकाभर दादुरा–रुबेला खोप अभियान सन्चालन गर्दै छ । यो अभियान २७ गतेसम्म जारी रहनेछ ।
खोप गाउँपालिका ८ वटै वडामा ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई लगाइनेछ । साथै ५९ महिना मुनिका बालबालिकाहरुको नियमित खोप लगाउन छुट भएकालाई लगाइनेछ । खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइनेछ ।


खोप अभियानका लागि पालिकाभरि २९ वटा खोप केन्द्र रहेका छन् । वडा नं. १ मा ४ वटा, वडा नं. २ मा ४ वटा, वडा नं. ३ मा ३ वटा, वडा नं. ४ मा ३ वटा, वडा नं. ५ मा ३ वटा, वडा नं. ६ मा ३ वटा, वडा नं. ७ मा ३ वटा र वडा नं. ८ मा ६ वटा खोप केन्द्र तोकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख हरि सिंह विष्टले जानकारी दिनुभयो ।
वडा नं. १ मा लाल बहादुर रोका नेतृत्वमा २३ गते छोटेसाहनमा, २४ गते आरुबोट र गोगने आधाभुरत स्वास्थ्य केन्द्रमा, २५ गते गोकुले स्वास्थ्य चौकीमा र वडा नं. २ मा दिर्जा माया वाईवाको नेतृत्वमा २४ गते कालिदेवि मा.वि.मा, २५ गते सोक्तेल भुमि प्रा.वि.मा, २६ गते सेतिदेवि प्रा. वि.मा र २७ गते स्याप्ले डाँडा आ.स्वा.के.मा खोप लागउने छ ।
त्यस्तै वडा नं. ३ मा जमुना जिम्बाको नेतृत्वमा २३ गते फोक्सिन्टार आ. स्वा.के.मा, २४ गते सिरुटारमा र २५ गते फोक्सिन्टार स्वास्थ्य चौकीमा वडा नं. ४ मा कृष्णहरि श्रेष्ठको नेतृत्वमा २३ गते शुभकामना प्रा.वि. कोल्टारमा, २४ गते भुमेस्थान प्रा.वि. मजुवामा र २५ गते बुढाखानी स्वास्थ्य चौकि साल्मेमा, वडा नं. ५ मा स्मारिका राना मगरको नेतृत्वमा २३ गते चाउढिक आ.स्वा.के.मा २४ गते घुडे खोप केन्द्र र २५ गते बुढाखानी बर्थिङ सेन्टरमा खोप लागउने छ ।
वडा नं. ६ मा विजया शर्माको नेतृत्वमा २३ गते जनमोहन मा.वि. सल्लेनीमा, २४ गते बनखुचौर स्वास्थ्य चौकीमा र २५ गते गोल्टार आ.स्व. के.मा यस्तै वडा नं. ७ मा रस्मिता सारु मगरको नेतृत्वमा २३ गते उध्याउनेमा, २४ गते ज्ञानज्योती प्रा.वि. कालिमाटीमा र २५ गते धनसारडाँडा आ.स्वा.के.मा र वडा नं. ८ मा बुद्धिदास श्रेष्ठको नेतृत्वमा २३ गते महाथानचौरि र छभक्तेश्वर प्रा.वि. ठुटेआँप फिरिममा २४ गते हरिसिद्दि प्रा.वि. पात्लेमा, २५ गते शम्भेश्वर आ.वि.मा २६ गते ठाकुर प्रेम प्रा. वि.मा र २७ गते घर्तिछाप स्वास्थ्य चौकिमा खोप लगाउने महाभारत गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाले खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्ना बालबालिकालाई खोप लगाउन आह्वान गरेको छ । स्वास्थ्य शाखाले खोपबाट ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लड्ने क्षमता विकास गर्ने जनाएको छ ।
सरकारले सन् २०१८ मा दादुरा रुवेलालाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन । सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक खोप अभियान सञ्चालन गर्न थालेको हो ।












