काभ्रे । काभ्रेको महाभारत गाउँपालिका र मकवनपुरले बागमती गाउँपालिकाले दुई जिल्लाको सिमाना सिक्रेदोभानस्थित् बागमती खोलाको पक्की तोकिएको समयमा नबेको भन्दै छिट्टो सम्पन्न गराउन पहल सुरु गरेको छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’ र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान ‘मधु’ले काभ्रे र मकवनपुरको जनताको जीवनसँग प्रत्यक्ष जोडिएको पक्की पुल दुई पटक म्याद थप्दासमेत बनेपछि निर्माण सम्पन्न गर्न संयुक्त रुपमा पहल सुरु गरेको हो ।

अध्यक्षद्धय जिम्बा र घलानसँगै दुवै जिल्लाका जनप्रतिनिधि, राजनितिक दल र स्थानीयबिच द्धिपक्षिय छलफल गरी पुलको निर्णय कार्य छिट्टो पुरा गर्न संयुक्त पहल गर्ने निर्णय गरेको छ ।

महाभारतका अध्यक्ष जिम्बाले पुल बनेमा महाभारत र खानीखोला गाउँपालिका (डाँडापारि क्षेत्र)का बासिन्दाले धेरैभन्दा धेरै सुविधा पाउने बताए । ‘महाभारत, खानीखोला र ललितपुरको बामगती गाउँपालिकाबाट हेटौँडसम्म १२ महिना सजिलै आवतजावत गर्न सकिने छ,’ उनले भने, ‘पुल निर्माणले काभ्रे, मकावनपुर, सिन्धुली र ललितपुर जिल्लाका जनता लाभान्वित हुनेछन् ।’

बागमतीका अध्यक्ष घलानले तोकिएको समयमा पुल निर्माण सम्पन्न नहुँदा स्थानीयले समस्या झेल्नुपरेको बताए । उनले कम्पनीले पर्याप्त जनशक्ति राखेर काम गर्न नसक्दा पनि ढिलाई भएकोे दाबी गरे । उनले भने, ‘पुल निर्माण छिट्टोभन्दा छिट्टो सम्पन्न गर्न सबै लागी परेर दबाब दिएभने मात्र काम पुरा हुने देखिन्छ ।’
पुल निर्माणपछि मंगलटार–चारकिल्ला–बनखु–भोर्लेनी सडकखण्ड, खोपासी–ताल्ढुङंगा, कान्ती लोकपथ हुँदै आउने चापगाउँ–गिम्दी–ताल्ढुंगा सडकखण्ड, सोही लोकपथबाट बेतीनी–भोर्लेनी सडकखण्ड लगायतका सडकहरु बागमती गाउँपालिको केन्द्र जुरजुरेस्थित् धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिने छ ।

काभ्रेको खानीखोला–५ र मकवनपुरको बागमती–५ सिक्रेदोभानको बामगती खोलामा पक्की पुलको लागि दुई पटक म्याद थप्दा समेत १२.३५ प्रतिशत भन्दा कम भएको छैन । पक्की पुल २०७४ असार ३० गते महाविर/शिखर/तामाकोशी जेभीले पुल निर्माण कार्य २०७६ भदौं ३० मा सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । पुल निर्माण अवधिमा पुरा नभएपछि पुनः २०७७ फागुन १४ सम्मको लागि म्याद थप गरेको थियो ।

थप गरेको समयमा पनि काम नसकेपछि कम्पनीले म्याद पुनः थप गर्न माग गरेको भएपनि हालसम्म भौतिक पुर्वाधार विकास मन्त्रालय वागमती प्रदेश अन्तर्गत यातायात पुर्वाधार निर्देशनालयमा कुनै निर्णय गरेको छैन । पुल १ सय १५ मिटर लामो बन्ने छ ।

डाँडापारि क्षेत्रलाई बागमती प्रदेश राजधानी हेटौँडासँग जोड्ने पक्की पुल निर्माण कार्य सम्पन्न नहुँदा आवतजावतमा सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय