काठमाडौँ । मधेस सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। आइतबार दिउँसो माओवादी केन्द्रका दुईजना मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन्।

मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

आफूहरूले मुख्यमन्त्रीलाई भेटेर राजीनामा बुझाएको भट्टराईले बताए।

साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका थिए भने भट्टराई उद्योग तथा पर्यटनमन्त्री थिए।

आजै केहीबेरपछि एमालेकै मन्त्रीहरूले पनि राजीनामा बुझाउँदैछन्।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय