
महाभारत, काभ्रे । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुनमा मुख्य दोषी पुर्व अर्थमन्त्री युवराज खतिवडा भएको बताएका छन् ।
मुख्यमन्त्री पाण्डेले काभ्रेको महाभारत गाउँपालिका–८ स्थित् घर्तिछापमा एशियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण हुने तीन विद्यालयको ५४ कोठे सात भवनको संयुक्त शिलान्यास गर्दै यस्तो बताएका हुन् ।


उनले ‘अमेरिकासँग दलाली गर्ने एकजना पुर्व अर्थमन्त्री थिए । उनले बठ्याई गरेर सुटुक्क हामी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गछौँ भनेर पेश गरिदिए । अनि अमेरिकी सहायता एमसीसी गिजोलियोे ।’
मुख्य मन्त्री पाण्डेले एमसीसी भनेको एडिबी, सिएलबिई जस्तै परियोजना भएकोले यसलाई संसदबाट पास गराउनु पर्ने प्रवधान नभएको बताए । उनका अनुसार पुर्व अर्थमन्त्री खतिवडाको कारण संसदबाट पास वा फेल गर्ने पर्ने निति बनेसँगै एमसीसी गिजोलिएको हो ।
उनले अहिले एससीसी पास गर्नु ठिक र बेठिक भन्ने अवस्थाको सिर्जना गराउने मुख्य पात्र नै पुर्व अर्थमन्त्री खतिवडा भएको दाबी गरे । उनले भने, ‘एससीसी संसदमा पेश गर्नु आवश्यक नै छैन । सरकारले नीतिगत पास गरे हुन्थ्यो । जब पेश गरेर प्रवधान बन्यो त्यसपछि कुरा विग्रिदै गएको हो ।’
त्यस्तै उनले एमसीसीकै कारण देशको सारा राजनितिक पार्टी, हरेक कम्युनिष्ट पार्टी, साथी –साथीको बिचमा झगडा, एउटै पार्टीको कर्याकर्ता सडकमा विरोध र नेता संसदमा पास गर्नु पर्ने नराम्रो परिस्थिति सिर्जना भएको बताए । उनले एक जना एउटा पुर्व अर्थमन्त्री खतिवडाको गतल कदम बापतको समस्या बाहेक अरु केही नभएको बताए ।
मुख्यमन्त्री पाण्डेले देशको हितमै रहेको र अमेरिकी सैन्य रणनीतिभित्र नपर्ने बताए । उनले ‘अमेरिककाले एमसीसी सैन्य रणनीतिभित्र नपर्ने बताइसक्यो, हामीले निकै छलफल गरी १२ बुँदे व्याख्यामक घोषणसहित अनुमोदन गरेका हौँ,’ उसले भने ‘उक्त कुरा नमानेसहायता लिनैपर्छ भन्ने छैन । हाम्रो सम्झौता मान्दिन भन्यो भने स्वतः खारेज हुन्छ । ढुक्का हुनोस्, एमसीसी बाहिर प्रचार भइरहे जस्तो गलत छैन ।’
कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सचिव इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’ लगायतका उपस्थित रहेका थिए ।