काभ्रेपालञ्चोक । मृगौलाको समस्याले बिरामी एक युवकलाई देशविदेशमा रहेको सहयोगीहले उपचारका लागि सहयोग गरेका छन् । करिब १ वर्ष देखि उपचार गराइरहेका काभ्रेको महाभारत गाउँपालिका ८, चकमकेका ३० वर्षीय तिलक बहादुर आलेमगरलाई देशविदेशमा रहेको सहयोगी मनहरुले सहयोग जुटाएका हुन् ।
दुवै मृगौलाले काम नगरेपछि करिब एक वर्षदेखि भक्तपुरस्थित धर्मभक्त मृगौला प्रत्यारोपण केन्द्रमा उपचार तथा डायलसिस गराउँदै आएका आलेको उपचारमा सहयोग गर्न ९५ हजार ७ सय ९५ सहयोग गरेका हुन् ।
कमल बहादुर रानाको विषेश सक्रियामा कमल बहादुर रानाले ११ हजार १ सय ११ (महाभारत १,गोकुले, हाल कोरिया), धीरज लामाले ९ हजार ९ सय ९९ (महाभारत, १ गोकूले,हाल कोरिया), विकाश वाईबले १० हजार ५ (महाभारत,२ ,गोकुले हाल कोरिया), विशाल पिठाकोटेले ५ हजार (महाभारत १,गोकुले ,हाल मलेसिया), पविता रानाले ५ हजार २ सय (बाग्मती मन्साहि,हाल दुबाई),उमेश श्रेष्ठले २ हजार (महाभारत १, गोकुले,हाल साउदी), जलन तामाङ्गले ५० हजार वन (तेमाल ५, हाल कोरिया), सुरेश राना मगरले ५ हजार (महाभारत १, गोकुले हाल मलेशिया), शोभा राना मगरले २ हजार २ सय ५० (महाभारत १,गोकुले हाल साईप्रस)बाट सहयोग गरेका छन् ।
त्यस्तै हिरा रानाले २ हजार ७ सय ५५ (महाभारत १, गोकुले हाल साइप्रस), अनिता कार्कीले १ हजार ३ सय ५ (हाल साईप्रस), दीपा कटुवालले १ हजार ३ सय ५ (हाल साईप्रस ), दुर्गा दोङले १ हजार ३ सय ५ (हाल साईप्रस) लक्ष्मी राना मगरले २ हजार (महाभारत १, गोकुले हाल वोमन), रेशम लामाले ३ हजार (पाँचखाल नगरपालिका १, हाल कोरिया), भरत पोखरेलले ३ हजार (धुलिखेल,घ नयाँ बस्ती हाल कोरिया), गंगा पुलामीले ७ हजार (महाभारत,६,बनखु हाल जापान), इन्द्र बहादुर रानाले ५ हजार ५ सय ५५ (चन्द्रपुर न.पा.२,पौराई हाल पोल्याण्ड) र बाबुराम अस्तानीले एक हजार पाँच मात्र)महाभारत गा.पा.,६, हाल नेपाल) बाट सहयोग गरेका छन् ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले १० हजार र गायक रिजन थिङले २ हजार सहयोग गरेको छन् ।
देश तथा विदेशमा कमल बहादुर राना र साईप्रसमा हिरा रानाको अगुवाईमा सहयोग रकम संकलन गरिएको हो । सोमबार महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, गायक रिजन थिङ, र युवा समाजसेवी बाबुराम अस्तानीले मृगौलापीडित तिलक बहादुर आलेमगरलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।