
काभ्रेपलाञ्चोक । काभ्रेका युवराज लामा अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । काभ्रे जिल्ला भूगोलको खुल्ला तर्फबाट लामा निर्विरोध निर्वाचित भएका हुन् ।
लामा सो सङ्गठनमा लामो समय देखि आबद्ध हुँदै अहिले केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।


विद्यार्थीको साझा मुद्दामा सकारात्मक धारण राख्ने लामा एक आधा दशक भन्दा बढी समयदेखि निरन्तर विद्यार्थी आन्दोलनमा सहभागी छन् । आगामी दिनमा पनि विद्यार्थी सङ्गठनमार्फत विद्यार्थीका हक र अधिकारका लागि सधैँ लडिरहने लामाको प्रतिबद्धता छ।
काभ्रेको तेमाल गाउँपालिका– ९ मा जन्मिएका लामा विद्यार्थी राजनीतिमा सक्रिया रहेका छन् ।
शनिवार अनेरास्ववियू (क्रान्तिकारी) को २३ औँ सम्मेलन अन्तर्गत निर्वाचन हुँदैछ ।