
महाभारत, काभ्रे । तामाङ समुदायको राष्ट्रिय पर्व २८६१ डुल सा पुख्री सोनाम ल्होछारको अवसरमा काभ्रेको महाभारत गाउँपालिकाका २ विद्यालयले सोनाम ल्होछार पर्व मनाएका छन् । गाउँपालिकाको वडा नम्बर १ का गोकुले माध्यमिक विद्यायल र वडा नं. ६ का आजाद आधारभुत विद्यायलले विभिन्न कार्यक्रम गरेर मनाएको हो ।
गोकुले माबिमा माघ १५ गते मंगलबार सिर्जनशील बाल क्लबको आयोजना तथा विद्यालयका शिक्षक दिलिप जिम्बा र नमराज मोक्तानको बिशेष सहयोगमा सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको हो । ल्होछार सांस्कृतिक कार्यक्रम भएकोले माबि स्तरीय सेलो डान्स प्रतियोगिता, तामाङ कबिता (ह्वावीखा) प्रतियोगिता र जनकल्याण माबि, भैरब माबि र गोकुले माबिका छात्रा–छात्र बिच मैत्रीपुर्ण भलिबल खेल संचालन गरेका थिए ।


भलिबल प्रतियोगितामा गोकुले माबिका छात्रा–छात्र प्रथम भएको छ । सेलो डान्समा दिबिका जिम्बा,सुचना जिम्बा, पासाङ जिम्बा र रिना जिम्बाको टीम प्रथम र ह्वावीखा (कबिता) तर्फ कक्षा १० कि रिम्की जिम्बा प्रथम भएको हो । बिजय सबै विद्यार्थीहरुलाई नगद पुरस्कारको ब्यबस्था गरेको थियो ।
महाभारत गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कान्छामान जिम्बा (रोहित)को प्रमुख आतिथ्य र नेपाल तामाङ घेदुङका वडा सचिब जित ब योन्जनको आतिथ्य भएको उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
यस्तै वडा नम्बर ६ बनखुमा अवस्थित आजाद आधारभुत विद्यायलले पनि सोनाम ल्होछारको अवसरमा मंगलबार हर्षोलासका साथ बनभोज कार्यक्रमको आयोजना गरि मनाएका छन् ।
सोनाम ल्होछार मन्जुश्री सम्वत् २८६१ डुल–सापुख्री (सर्प वर्ष) पर्वका अवसरमा विगतको ल्होछारमा जस्तै यो बर्ष पनि महाभारत गाउँपलिकाको विभिन्न विद्यालय लगायत अन्य विभिन ठाउँमा सोनाम ल्होछार कार्यक्रममाको आयोजना मनाएको नेपाल तामाङ घेदुङ महाभारत गाउँपलिका इन्चार्ज अमृत योन्जनले जनकारी दिनुभयो ।
हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले हर्षाेल्लासका साथ पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गरेर सोनाम ल्होछार मनाउने गरिन्छ । ल्होको अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो।
सोनाम ल्होछारको अवसरमा महाभारत गाउँपालिकाले माघ १६, १७ र १८ गते तिन दिन सार्वजनिक बिदा दिएको छ ।