काभ्रेपलाञ्चोक । प्रेस सेन्टर नेपाल काभ्रे जिल्ला शाखाको पाँचौं जिल्ला अधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बनेपाको अरनिको पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उनीहरुको पदस्थापन तथा सपथ ग्रहण गरेका हुन् ।
सो अवसरमा नेकपा माओवादी (केन्द्र) को केन्द्रिय सदस्य एवं बागमती प्रदेश सांसद रुकु चौलागाइँले पछिल्लो समयमा सूचनाको क्षेत्र थप फराकिलो हुँदै पत्रकारहरूको धेरै स्वरूपहरू केन्द्रित हुँदै अगाडि बढेको बताउनुभयो । कुन राजनीतिक दलले मुलुकको हितको लागि राजनीति मुद्धा बोकेको छ त्यसको पक्षमा सञ्चारकर्मीहरुले खुलेर बहस गर्नुपर्ने हुन्छ । विशेष गरेर प्रेस सेन्टरसंग सम्बन्धित पत्रकारहरुले समाजवादी आन्दोलनको मर्मलाई थप गहिराइका साथ बुझ्नेमा आफू विश्वस्थ रहेको बताउँदै प्रमुख अतिथि चौलागाइँले प्रेस सेन्टर काभ्रे थप उचाइको लागि शुभकामना व्यक्त गर्नुभयो । मुलुकमा समाजवादी व्यवस्था ल्याउनका निम्ति प्रेस सेन्टर नेपालले आत्मसाथ गर्नेमा आफू विश्वस्त बताउनु भयो ।


निर्वाचन मण्डलका संयोजक इस्वरी राज कुमार मैनालीको सभापतित्वमा सम्पन्न पदस्थापना कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पूर्व सिङ्घिया सांसद गङ्गाबहादुर दोङ ‚ प्रेस सेन्टर नेपालको केन्द्रिय उपाध्यक्ष एवं सङ्गठनको बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का‚ नेकपा माओवादी काभ्रे जिल्ला सचिव देवलाल घिसिङ ‚ नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष विनोद न्यौपाने ‚ प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी ‚ पे्रस चौतारी नेपाल काभ्रे अध्यक्ष केदार तिमल्सिना‚ फोटो पत्रकार महासङ्घ अध्यक्ष केशव राज पौडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
निर्वाचन मण्डलका सदस्य प्रल्हाद शर्मा हुमागाईबाट सञ्चालित उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष रामप्रसाद ढकाल (आर.डि ) ले संगठनको हितको लागि निरन्तर रुपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
पदभार कार्यक्रम सम्पन्न पश्चात प्रेस सेन्टर नेपाल काभ्रे शाखाको कार्यालय उद्घाटन भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला संयोजक भोला प्रसाद अर्याल‚ खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र ब थिङ (छिन्ताङ)‚ तेमाल गाउँपालिका उपाध्यक्ष डिएम लामा‚ बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना‚ प्रेस सेन्टर नेपालका केन्द्रिय सह कोषाध्यक्ष बुद्ध लोप्चान‚ केन्द्रिय सदस्य पेमा लामा (संघर्ष लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
प्रेस सेन्टर नेपालको पाँचौ अधिवेशनबाट निर्विरोध निर्वाचित हुनेहरुमा अध्यक्ष रामप्रसाद ढकाल‚ उपाध्यक्ष सुरज श्रेष्ठ‚महिला उपाध्यक्ष मायालु लामा‚ सचिबःहरिहर घिमिरे‚ सह सचिब प्रसान्त बन्जरा ‚ समाबेसी सहसचिव बिजय जिम्बा ‚ कोषाध्यक्ष मोतिलाल मोक्तान ‚सदस्य सन्तोष बजगाइ ‚सदस्य जीवन घिसिङ रहनु भएको छ ।
त्यसैगरी प्रदेश प्रतिनिधिमा अञ्जली तामाङ ‚रोजन तामाङ ‚नवराज अधिकारी ‚जीवन खड्की र गङ्गा दोङ र केन्द्रिय प्रतिनिधिहरुमा रामकृष्ण बन्जारा ‚ राज्य लक्ष्मी श्रेष्ठ ‚ वसन्त कुमार श्रेष्ठ र कुमार गौतम रहनुभएको छ ।
साथै प्रेस सेन्टर नेपाल काभ्रे जिल्ला शाखाको कार्यालय उद्घाटन गरिएको थियो ।










