
खानीखोल, काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका वडा नं. ४ ले लदी पर्व (कोशी पुजा)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माझी समुदायको मुख्य पर्व लदीका अवसरमा सो वडाले सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।
वडाले सार्वजनिक सूचना जारी गर्दै यही फागुन २० गते मङ्गलवार सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् । माझी समुदायको पर्व लदी (कोशी पूजा) को अवसरमा वडाले सार्वजनिक बिदा दिएको हो ।


वडा अध्यक्ष निशान मोक्तानद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक बिदा दिने जानकारी दिइएको हो । सूचनामा खानीखोल गाउँपालिकाको एक मात्रै माझी समुदायको बसोबास रहेको वडा नं. ४ भरी गाउँ कार्यपालिकको यही फागुन १३ गते बसेको बैठकको निर्णय भए अनुसार पर्व लदी (कोशी पर्व) को अवसरमा बिदा दिइएको उल्लेख गरिएको छ ।
सूचनामा वडा भित्र रहेको विद्यालय, संघसंस्था र सरकारी कार्यलयहरु बिदा हुने उल्लेख गरिएको छ ।