काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको ८२ माध्यमिक विद्यालयमा नर्सिङ सेवाको पहुँच पुगेको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोसिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवद्र्धन गर्न विद्यालयमा नर्स राखिएको हो ।

काभ्रे जिल्लाको ८२ माध्यमिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार जिल्लाका १३ स्थानीय को ८२ वटा विद्यालयलाई नर्स कार्यक्रमले समेटेको छ । सहरी क्षेत्रदेखि ग्रामीण भेगका माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्त गरी खटाइएको मन्त्रालयले जनाएको छ ।

किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारलाई मध्यनजर गर्दै तत्कालीन सरकारले २०७५ बाट ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा छनोट गरिएका बागमती प्रदेशको १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारको तत्कालीन सामाजिक विकास मन्त्रालयले ‘एक प्रदेश एक नर्स’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ जारी गरेको थियो ।

तत्कालीन समयमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री युवराज दुलाल ‘शरद’ले सो कार्यक्रमलाई प्रदेश सरकारको प्रमुख कार्यक्रमको रूपमा अघि सारेका थिए । नागरिकमा सकारात्मक र प्रभावकारी नतिजा प्रदान गर्ने उद्देश्य अनुसार सो कार्यक्रम अघि बढाइएको थियो ।

काभ्रे का २ स्थानीय तहमा दरबन्दी रिक्त
काभ्रे को २ स्थानीय तहको विद्यालयमा विद्यालय नर्सको दरबन्दी रिक्त रहेको छ । काभ्रेको चौरिदेउराली गाउँपालिका र तेमाल गाउँपालिकाका ८ विद्यालयमा नर्सको दरबन्दी रिक्त रहेको हो ।

चौरीदेउराली गाउँपालिकाको खाडादेवी मावि, प्रभा माध्यमिक विद्यालय कात्तिके देउराली, भूमेस्थान माध्यमिक विद्यालय, बुद्ध हिमालयन माध्यमिक विद्यालय र तेमाल गाउँपालिकाको भूमे माध्यमिक विद्यालय, पन्चकन्या माध्यमिक विद्यालय, धार्ने ज्योति माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालयमा नर्स रिक्र रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय