काठमाडौं । पेटको क्यान्सरबाट पीडित रोल्पाका ५ वर्षीय बालक दिप्सन बुढा मगरको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका –५ राङकोट निवासी रेशम बुढा मगरका छोरा दिप्सनको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको अपिल गरेको हो ।

दिप्सन तिन महिनायता काठमाडौंको महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा उपचाररत छन्।

उनका बुबा रेशमले छोराको उपचारमा धेरै रकम खर्च भइसकेको बताउँदै थप उपचारका लागि आर्थिक समस्या भएको बताएका छन् ।

गाउँ घरमै सामान्य खेती किसान गर्दै आएका रेशम छोरालाई पेटमा क्यान्सर भएपछि एतिखेर सबै काम छोडेर छोरासँगै अस्पतालमा छन् । रेशमकी श्रीमती सुदिक्षा घर्ती बुढा मगरको कुनै रोजगारी छैन । उनी सामान्य गृहिणी हुन् ।

एकातिर घरव्यवहार धान्न मुस्किल भएको छ भने अर्कोतिर छोराको उपचार कसरी गराउने भन्ने चिन्ता मगर दम्पती परेका छन् । यस्तो अवस्थामा सबैतिरबाट आर्थिक सहयोगको अपेक्षा गर्दै छोराको जीवन बचाइदिन उनले सबैलाई आग्रह गरेका छन् ।

परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।

सहयोग गर्न चाहने संघसंस्था, व्यक्ति लगायतका सम्पुर्ण निकायहरुलाई सुदिक्षा घर्ती बुढा मगरको ग्लोबल आईएमईमा रहेको खाता नंबर D207010083234 मा रकम जम्मा गरी सहयोग गरिदिन आग्रह गरेका छन् । साथै ९७४६४९५२५५ मा पनि सम्पर्क गरी सहयोग गर्न सकिनेछ ।

हाल उनिहरु लियोनार्डो एडवर्ड श्रेष्ठ फाउन्डेसन धपासीमा बस्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय