
१७ औँ गाउँसभामा उपाध्यक्ष श्री सागर मोक्तान ज्यूबाट आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुतबजेट बक्तव्य
यस गरिमामय सभाका सभाध्यक्षज्यू,
वडा अध्यक्षज्यूहरु, गाउँसभा सदस्यज्यूहरु, विषयगत समितिका संयोजकज्यूहरु, प्रमुख प्रशासकीय अधिकृतज्यू, राष्ट्रसेवक कर्मचारीहरु, सञ्चार जगत, नागरिक समाज, बुद्धिजीवि, सुरक्षाकर्मी तथा आम महाभारत गाउँपालिकावासी आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरु ।


यस गरिमामय सभामा महाभारत गाउँपालिकाको तर्फबाट विकासका लागि मार्गदर्शनको रुपमा रहने गाउँसभा मार्फत आगामी आ.व. ०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्तै गौरवान्वित छु । यस महत्वपूर्ण घडीमा लोकतन्त्र प्राप्ति तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाको लागि इतिहासका विभिन्न कालखण्मा भएका क्रान्ति शसस्त्र आन्दोलन तथा जनआन्दोलनहरुमा प्राण आहुति गर्नुहुने ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धा सुमन अर्पण लोकतन्त्रप्राप्ति तथा गणतन्त्र स्थापनाका क्रममा अग्रणी भूमिका निर्वाह गर्नुहुने व्यक्तित्व र आम जनसमुदायमा उच्च सम्मान गर्दै हार्दिक आभार प्रकट गर्दछु । साथै विभिन्न आन्दोलनमा घाइते भएका योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछु ।
आगामी बजेट महाभारतको समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित हुनेछ । बजेट तर्जुमा गर्दा नेपालको संविधान, दीगो विकासको लक्ष्य, नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता माथिको छलफलको क्रममा सभाका सदस्यहरु राजनीतिक दल बुद्धिजीवि समाजसेवी तथा सरोकारवालाहरुबाट प्राप्त राय सुझावहरुलाई मार्गदर्शनको रुपमा लिएको छु ।
अव म महाभारत गाउँपालिकाको विद्यमान आर्थिक अवस्था र चालु आ व को बजेट कार्यान्वनको समीक्षा संक्षेपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
आव २०८१/८२ मा कुल ५७ करोड ३९ लाख १३ हजार ६ सय १७ रुपैया बजेट विनियोजन भएकोमा क्षेत्रगतरुपमा सामाजिक विकास तर्फ ७२.८७ प्रतिशत, आर्थिक विकास तर्फ ३९.३३ प्रतिशत, पुर्वाधार विकास तर्फ ४५.७६ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ४८.३५ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७३.८१ प्रतिशत खर्च भएको छ । यसरी कुल बजेटको ५९.२८ प्रतिशत खर्च प्रगति रहेको देखिन्छ ।
अव म बजेट प्रणालीमा देखिएका मुख्य चुनौती तथा अवसर संक्षेपमा प्रस्तुत गर्दछु ।
यस महाभारत गाउँपालिकाको समृद्धिका लागि हामीले अझ – थुप्रै क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी जस्ता क्षेत्रमा अपेक्षित उपलब्धी हासिल गर्न नसकेकोले धेरै कामहरु गर्नुपर्ने छ । त्यसका लागि दुरगामी दृष्टिकोण, दीर्घकालीन सोच योजना निर्माण र गुणात्मक कार्यान्वयन गर्नको लागि हामीलाई पुँजीको आवश्यकता पर्छ नै भौगोलिक रुपमा विकट महाभारत गाउँपालिकामा देशको विषम आर्थिक अवस्थाका कारण नेपाल सरकारबाट अपेक्षित बजेट अनुदान झन झन कटौति भई आएको हुँदा हामीसँग भएका असीमित अपेक्षाहरु, योजनाहरु एकै पटकमा समेट्न र बजेट व्यवस्था गर्न कठीन छ । यस सन्दर्भमा आगामी आर्थिक वर्षहरुमा प्राथमिकीकरणको आधारमा योजनाहरु समेट्दै जाने प्रतिवद्धता दिलाउन चाहन्छु । आर्थिक विकासको प्रभावकारिता बढाउन र राजस्व प्रणालीमा सुधार, करको दायरा विस्तार गरी लक्ष्यानुरुपको राजस्व संकलन गर्नु चुनौतिको विषय रहेको छ । सार्वजनिक प्रशासनलाई व्यावसायिक, दक्ष र नतिजामुखी बनाई पालिकाको उद्देश्य प्राप्तिमा परिचालन गर्नु पनि चुनौतिपूर्ण रहेको छ । उल्लेखित चुनौतिका बावजुद पालिकाले लिएका पहल कदमीले वित्तीय सुशासनको क्षेत्रमा लगातार दुई आ व मा शुन्य वेरुजु कायम गर्न सफल भएका छौं भने वित्तीय सुशासन तथा कार्यसम्पादन मूल्याङ्कन सूचकमा समेत अनुशरणीय कार्य गर्न सफल भएका छौं ।
विविध कठिनाई र चुनौतीका बाबजुद यस गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय एवं संचार जगत प्रति हार्दिक धन्यवाद् व्यक्त गर्दै आगामी यात्राहरुमा पनि निरन्तर सल्लाह, सुझाव तथा सहयोगको अपेक्षा गर्दछु । साथै यस महाभारत गाउँपालिकाको हरेक कार्यमा सहयोग गर्नुहुने आदरणीय गाउँपालिकावासी आमा बुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा विशेष धन्यवाद दिन चाहान्छु ।
सभाका सभाध्यक्ष महोदय, अब आ.व. ०८२/८३ को बजेट तर्जुमा गर्दा लिएका प्रमुख नीतिगत आधार र मुख्य मार्गदर्शन प्रस्तुत गर्न अनुमति चाहान्छु ।
* नेपालको संविधानले निर्दिष्ट गरेको स्थानीय तहको काम, कर्तव्य तथा अधिकार सम्बन्धी विषय तथा प्राथमिकताहरु ।
* स्थानीय सरकार सञ्चालन ऐन २०७४ को नीतिगत व्यवस्था र प्राथमिक आधारहरु
* गाउँसभाबाट आ व ०८२।८३ मा पारित नीति तथा कार्यक्रम
* राष्ट्रिय प्राकृतिक तथा वित्त आयोग ऐन २०७४ को नीतिगत व्यवस्था र प्राथमिकता तथा सन्तुलनका आधारहरु
* अन्तर सरकारि वित्त व्यवस्थापन ऐन २०७४ का नीतिगत व्यवस्थाहरु
* स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७८ ले निर्दिष्ट गरेका वार्षिक योजना तथा बजेट तर्जुमाका आधारहरु
* नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त सिलिङ सहितको मार्गदर्शन
* सोह्रौं योजनाले निर्दिष्ट गरेका लक्ष्य एवं उद्देश्यहरु
* जनतासँग निर्वाचनको समयमा व्यक्त गरेका प्रतिवद्धता पत्र तथा समग्र सार्वजनिक वचनवद्धताहरु.
यस सभाका सभाअध्यक्ष ज्यु ।
सार्वजनिक स्रोतको समुचित तथा उपलब्धिमुलक परिचालन गर्न उपलब्ध अवसर र लाभको समन्यायिक वितरणको आवस्यकता महशुस गर्दै बजेटका उद्देश्य तथा प्राथमिकता तय गरेको छु ।
आर्थिक वर्ष २०८२/०८३ को बजेटका उद्देश्य देहाय बमोजिम रहेका छनः
१. कृषिको व्यावसायिकता र उद्यमशीलता विकास मार्फत उत्पादन, उत्पादकत्व र रोजगारी बृद्धि गर्ने ।
२. विनियोजन कुशलता बृद्धि गरी पूर्वाधार विकास र सामाजिक क्षेत्रमा लगानी बृद्धि गर्ने ।
३. सीमित स्रोत साधनको महत्तम् उपयोग र परिचालन गरी सार्वजनिक वित्तमा सन्तुलन कायम गर्ने ।
४. बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारीता अभिवृद्धि गर्ने ।
५. सार्वजनिक सेवामा सुधार गर्दै संघीयताको सवलीकरण र सुशासन कायम गर्ने ।
बजेटले लिएका उक्त उद्देश्य हासिल गर्नका लागि देहायका प्राथमिकताहरु तय गरेको छु ।
१. कृषिको आधुनीकरण र व्यवसायिकीकरण
२. गुणस्तरीय भौतिक पूर्वाधार निर्माण र सामाजिक क्षेत्रको विकास
३ . वन तथा वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद् व्यवस्थापन
४. मानव संसाधान विकास, संस्थागत सवलीकरण र सुशासन
५. सूचना प्रविधी र उद्यमशीलता विकास
सभाअध्यक्षज्यू ।
विनियोजन कुशलता तथा कार्यान्वयन दक्षताको अभिवृद्धि गर्दै सार्वजनिक खर्चलाई प्रभावकारी उपलब्धी मूलक बनाउन टेवा पुग्ने अपेक्षा राख्दै बजेट प्रणालीमा सुधारको प्रस्ताव गरेको छु ।
बजेटले लिएका उद्देश्य हासिल गर्न देहाय बमोजिम सुधार प्रस्ताव गरेको छु ।
• बजेट प्रणालीमा सुधार र पुँजीगत खर्च सुधारको लागि आयोजना र कार्यक्रमको प्राथमिकता तय, सार्वजनिक खरिद ऐन नियमावलीको वस्तुनिष्ठ कार्यान्वयन, सम्बद्ध निकाय तथा सरोकारवालाको जिम्मेवारी र जवाफदेहिता प्रवर्द्धन, बजेट कार्यान्वयन कार्ययोजना तर्जुमा साथै अनुगमन तथा सुपरिवेक्षण प्रणालीमा सुधार गरिनेछ ।
• विनियोजन कुशलता र स्रोतसाधन परिचालनमा दक्षता अभिवृद्धि गरी कार्यान्वयन पक्षलाई प्रभावकारी बनाइनेछ । सार्वजनिक खर्चमा मितव्ययीता हुने गरी आर्थिक अनुशासन कायम गरिनेछ ।
• महाभारतको सन्तुलित विकास एवं समृद्धिमा योगदान गर्न सक्ने रुपान्तरणकारी तथा उच्च प्रतिफलयुक्त ठूला आयोजनाको पहिचान गरी कार्यान्वयनमा लैजाने नीति लिएको छु ।
• आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन कार्ययोजना साउन मसान्तभित्र नै स्वीकृत गरी कार्यन्वयनमा ल्याइनेछ ।
• विनियोजन कुशलता र स्रोतसाधन परिचालनमा दक्षता अभिवृद्धि गरी कार्यान्वयन पक्षलाई प्रभावकारी बनाइनेछ ।
• वित्तीय सुशासन कायम गर्न सूचना प्रविधिको उपयोग मार्फत पालिकाको बजेट तर्जुमा, खर्चको लेखाङ्कन, अभिलेखाङ्कन तथा प्रतिवेदन प्रणालीलाई व्यवस्थित गरिनेछ ।
सभा अध्यक्षज्यु,
उपस्थित सभाका सदस्यज्यूहरु,
अब, म यस आ. व. २०८२/ ०८३ का लागि संघ सरकार प्रदेश सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेस गर्न चाहन्छु
संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गत रु. ८ करोड ४३ लाख, सशर्त अनुदान चालूतर्फ रु. १९ करोड ८७ लाख, सशर्त अनुदान पूँजीगत २० लाख, विशेष अनुदान पूँजीगततर्फ ६९ लाख, समपूरक अनुदान पूँजीगत १ करोड ९६ लाख, राजश्व बाँडफाँटतर्फ ८ करोड ५८ लाख ७० हजार गरी कूल रु ३९ करोड ७३ लाख ७० हजार रुपैया अनुमानित अनुदान प्राप्त भएको छ ।
त्यस्तै, प्रदेश सरकारबाट, वित्तीय समानीकरण अनुदान अन्तर्गत रु. ७८ लाख ७९ हजार, सशर्त अनुदानतर्फ १ करोड ८४ लाख ५७ हजार, विशेष अनुदानतर्फ ८० लाख, समपूरक अनुदानतर्फ ४ करोड २४ लाख, प्रदेश सवारी करतर्फ ३ करोड ११ लाख ७७ हजार ३ सय ३८ रुपैया १० पैसा गरी कूल रु ११ करोड २९ लाख १३ हजार ३ सय १० पैसा अनुदान प्राप्त हुने अनुमान रहेको छ।
त्यस्तै, आ.व. ०८२।०८३ को आन्तरिक राजस्व आय प्रक्षेपण रु. ३० लाख, चालू आ.व. को अनुमानित नगद बैंक मौज्दात रु ८ करोड ८० लाख १८ हजार गरी जम्मा रु. ९ करोड १० लाख १८ हजार रुपैया हुने अनुमान गरिएको छ । यस आ.व. २०८२/०८३ को कूल बजेट ६० करोड १३ लाख १ हजार रुपैयाँ रहेको छ ।
जसमध्ये, खर्चतर्फ संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँड, प्रदेश सरकारबाट प्राप्त वित्त समानीकरण अनुदान तथा सवारी कर, आन्तरिक राजश्व आय र चालू आ.व. को बैंक मौज्दात समेत जम्मा रकम रु ३० करोड २४ लाख ४ हजार रुपैया रकम मध्ये कार्यालय सञ्चालन खर्चतर्फ रु ७ करोड ५० लाख ७० हजार रुपैया र विकास बजेटतर्फ रु २२ करोड ५१ लाख ७४ हजार रुपैया विनियोजन गरेको छु ।
संघ सशर्त अनुदानतर्फ प्राप्त रु २२ करोड ७२ लाख रुपैया तथा प्रदेशबाट सशर्त अनुदानतर्फ प्राप्त रु ७ करोड ३८ लाख ५७ हजार रकम गरी जम्मा रु ३० करोड १० लाख ५७ हजार रकमलाई तत् तत् तहबाट नै तय भए बमोजिम खर्च गर्ने प्रबन्ध मिलाएको छ ।
सभाका सभाध्यक्ष ज्यू,
सभाका सदस्यज्यूहरु,
अब, म आ. व. २०८२/८३ को विभिन्न विषयगत एवं क्षेत्रगत नीतिसङ्गत कार्यक्रमहरुको प्रस्ताव प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
अब, म १७ औं गाउँसभा मार्फत आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चालन गरिने विषयगत शाखा तथा क्षेत्र भित्रका प्रमुख नीति तथा कार्यक्रमहरुमा विनियोजन गरेको बजेट प्रस्तुत गर्न चाहन्छु । तर बजेटमा गाउँ, टोल, बस्ती, प्रत्येक वडा र विभिन्न निकाय तथा क्षेत्रबाट माग भए बमोजिमका बजेट यस गाउँसभाबाट चाहना हुँदा हुँदै पनि बजेटको सीमित सीमा तथा अङ्क भएकाले कतिपय कार्यक्रम समावेश गर्न नसक्दा क्षमाप्रार्थी छु
१. आर्थिक विकास
क. कृषि
कृषिमा उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषक समूह/ कृषि सहकारीको क्षमता अभिवृद्धि गराई कृषि कार्यक्रमहरूलाई
• महाभारत गाउँपालिकालाई कृषि पर्यटकीय हवको रुपमा विकास तथा विस्तार गर्न फोक्सिङटार, सोक्तेल लामिडाँडा, ठुलोपोखरा, चाउडिक, लामाटोल, सल्लेनी तथा महादेवटार लगाएतका क्षेत्रहरुमा सघन कफी खेती प्रवर्द्धन गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न बजेट व्यवस्था गरेको छु ।
• कफी खेतीलाई व्यवसायीकरण तथा कृषकलाई प्रोत्साहित गर्न जसले रोप्छ कफीको बोट उसले पाँउछ रु बीस को नोट कार्यक्रमको लागर आवश्यक बजेट व्यवस्था गरको छु ।
• मौसमी तथा वेमौसमी फलफूल तथा तरकारी (तरबूजा र अकबरे खुर्सानी) को उत्पादन बढाउन विभिन्न प्रविधिमा आधारित रहेर कार्यक्रम सञ्चालन गरिनेछ ।
• प्रत्येक वडामा एक वडा एक बाली उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्न एक वडा एक उत्पादन कार्यक्रम लाई निरन्तरता दिइनेछ ।
• स्थानीय स्तरमा नै गुणस्तरीय तरकारी एवम् फलफुलको बिउ तथा विरुवाको सहज उपलब्धता गराउन एक वडा एक नर्सरी स्थापना गरिनेछ ।
• बढ्दो जलवायु परिवर्तन तथा जोखिम न्यूनीकरण गर्न भिरालो जमिनमा फलफुल खेती विस्तार कार्यक्रम सञ्चालन गरिनेछ
• कृषि कार्यक्रमहरूको सूचनालाई नियमित कृषक समक्ष पुर्याउन सूचना सम्प्रेषणलाई थप प्रभावकारी बनाईनेछ ।
• माटोको दीर्घकालीन उपज क्षमतालाई संरक्षण गर्न प्रत्येक दुई वर्षको अन्तरालमा सबै कृषकको माटो परीक्षण अनिवार्य गराइनेछ र माटोको अवस्थाबारे जानकारी समेटिएको माटो स्वास्थ्य कार्ड किसानलाई प्रदान गरिनेछ ।
• कृषि पेशालाई आधुनिकीकरण व्यवसायीकरण तथा प्रतिस्पर्धात्मक बनाउन आधुनिक कृषि यन्त्रीकरण जस्तै मिनिटिलर, प्लाष्टिक पोखरी, मल्चिङ प्लाष्टिक थोपा सिँचाइ जस्ता अनुदान उपलब्ध गराईनेछ ।
• संघीय तथा प्रदेश सरकार बाट प्राप्त हुने अनुदानको रासायनिक मल कोटा थपको लागि आवश्यक पहल गरिनेछ ।
• गाउँपालिकामा रहेका कृषकको विवरण, बाली उत्पादन हुने क्षेत्र र उत्पादनको अवस्था एकिन गर्न वार्षिक रुपमा तथ्याङक संकलन तथा प्रमाणीकरण गरी किसानलाई कृषक परिचय पत्र दिने व्यवस्था गरिनेछ ।
पशु विकास
कृषकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउनको लागि अनिवार्य रुपमा निःशुल्क पशु औषधिको व्यवस्था गरिनेछ । कृषकहरुलाई प्राविधिक सेवा उपलब्ध गराउनको लागि “एक गाउँ एक पशु सेवा प्राविधिक” को व्यवस्थालाई निरन्तरता दिईनेछ ।
• पशु बन्ध्याकरण तथा बाँझोपन निवारण शिविर कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरेको छु ।
• स्थानीय श्रोत संरक्षण प्रवर्द्धनको लागि आवासीय “रैथाने कुखुरा प्रवर्द्धन” तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
• सामुदायिक छाडा कुकुरहरुबाट रेबिज जस्ता प्राणघातक रोगहरुको न्यूनीकरणका लागि रेबिज खोप तथा बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
• साना कृषकहरुलाई लक्षित गरि प्राविधिक ज्ञानको अभाव नहोस् भन्ने हेतुले “कृषकस्तरिय प्राविधिक पुस्तिका ” प्रकाशन वितरण गरिनेछ ।
• कृषक समूहहरुलाई प्रोत्साहनस्वरुप ८० % अनुदानमा व्याडको बोका, राँगो तथा वँगुर खरिद तथा वितरण गरिनेछ ।
• कृषकहरुको आयस्तरमा वृद्धि गर्ने उद्धेश्यले गाईभैंसी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
• पशु चौपायामा लाग्ने खोरेत रोग नियन्त्रण कार्यक्रमको लागि बजेट ब्यवस्था गरेको छु।
• पशुपंक्षीको आहारामा सुधार गर्न साईलेज प्रवर्द्धन कार्यक्रम” लागू गरिनेछ ।
ग सहकारी सम्बन्धी नीति तथा कार्यक्रम
• गाउँपालिका क्षेत्रभित्र स्थापना भएका सबै सहकारी संस्थाहरुको लगत संकलन, अद्यावधिक र नवीकरण गर्ने कार्यमा विशेष
जोड दिदै, उक्त सहकारीहरुलाई लागत साझेदारीमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिईनेछ ।
• गाउँपालिकाभित्र रहेका सहकारी संस्थाको अनुगमन तथा नियमन गरी विषयगत कार्यप्रति उत्तरदायी बनाइनेछ।
२. सामाजिक विकास
क शिक्षा
शिक्षा विकासको समग्र मेरुदण्ड एवम् पूर्वाधार हो । शिक्षालाइ ज्ञानको मुहान, व्यक्ति समाज र राष्ट्रको दिगो विकासको सोपानको रुपमा हृदयगम गरी शिक्षाको प्रगति महाभारतको समृद्धि नाराको साथ तपशिलका शिक्षा नीति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको छ ।
• “महाभारतको इच्छाः अनिवार्य तथा निःशुल्क शिक्षा” भन्ने आर्दशलाई कार्यान्वयनको लागि अनिवार्य तथा निःशुल्क शिक्षा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
• स्थानीय आवश्यकताको सिद्धान्त अनुसार स्थानीय पाठ्यक्रम तथा पाठ्यसामाग्री विकास गरी विद्यालयको आवश्यकता र क्षमतालाई मध्यनजर गर्दै कार्यान्वन गर्न उचित बजेटको सुनिश्चित गरको छु ।
• साक्षर गाउँपालिका घोषणा भईसकेको हुनाले निरक्षर नागरिक तथा विचैमा पढाई छाडेकाहरुलाई वैकल्पिक शिक्षा, निरन्तर शिक्षाका माध्यमबाट साक्षरता शिक्षा प्रदान गर्नका लागि सामुदायिक सिकाइ केन्द्रलाई परिचालन गरिनेछ।
• गाउँपालिका अन्तर्गतका विद्यालयबाट एस ई ई उत्तीर्ण भई प्राविधिक डिप्लोमा (एच.ए., ल्याव, फार्मेसी, सूचना प्रविधि र सिभिल), विज्ञान र सामान्य विषय अध्ययनरत विद्यार्थीलाई दिइदै आएको छात्रवृतिलाई निरन्तरता दिईनेछ।
• विद्यालय शिक्षाको परीक्षालाई व्यवस्थित गरी कक्षा ८ र १० को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शिक्षकलाई सम्मान गर्ने व्यवस्था मिलाईनेछ ।
• तहगत रुपमा न्युनतम दरबन्दीको आधारमा कम दरवन्दी भएका विद्यालयमा शैक्षिक दिइदै आएको अनुदानलाई निरन्तरता दिइनेछ।
क सुधार कार्यक्रम मार्फत विद्यालयहरुलाई
• पाठ्यक्रम तथा पाठ्यसामाग्रीको प्रभावकारी कार्यान्वयन गर्न शिक्षकहरुका लागि तालिम, सेमिनार र गोष्ठी सञ्चालन गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गरिनेछ ।
• विद्यार्थीहरुमा प्रतिस्प्रर्धाको भावनाको विकास गराउन विद्यालयस्तरीय तथा गाउँपालिकास्तरीय खेलकूद र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ ।
• छात्रवृत्ति कोषलाई एकद्वार प्रणाली मार्फत विभिन्न किसिमका छात्रवृतिलाई एकिकृत रूपमा व्यवस्थित गरी छात्रवृत्तिका लाभग्राहीहरुले यस गाउँपालिकामा निश्चित अवधि सम्म अनिवार्य सेवा दिने गरी व्यवस्था गरिनेछ ।
• शैक्षिक तथ्याङ्कलाई एकिकृत रूपमा व्यवस्थित बनाई बार्षिक रुपमा गाउँपालिकास्तरीय शैक्षिक तथ्याङ्क प्रकाशनलाई निरन्तरता दिइनेछ ।
• न्यूनतम विद्यार्थी संख्या नभएका विद्यालयहरुको नक्साङकन गरी नजिकको विद्यालयमा मर्ज तथा कक्षा समायोजन गरी शिक्षक दरवन्दी मिलान गर्ने ब्यवस्था मिलाइनेछ ।
• सामुदायिक विद्यालयको सुधार महाभारत सरकारको कार्यभार भन्ने नाराका साथ शैक्षिक सुधार र गुणस्तर कायम गर्न अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
• माध्यमिक तह (कक्षा १-१०) मा शून्य दरवन्दी भएका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न विषयगत शिक्षक अनुदान व्यवस्था गर्न आवश्यक आवश्यक बजेट पहल गरिनेछ ।
• विद्यार्थीहरुलाई प्रदान गरिने दिवा खाजालाई व्यवस्थित गर्न स्थानीय उत्पादनका खाद्यबस्तुहरुको प्रयोगका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
ख स्वास्थ्य
• Zero Home Delivery ( शून्य होम डेलीभरी ) वडा तथा पालिका बनाउन गर्भवती, सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा सहित संस्थागत सुत्केरी आमालाइ पोषण खर्च वितरण कार्यक्रमलाई निरन्तरता दिइने छ ।
• स्वास्थ्य सेवालाई सर्वव्यापी पहुँच र सामाजिक समावेशिता सुनिश्चित गर्नुका साथै सेवाग्राहीको सशक्त सहभागी गराउन
• लागि सवल वातावरण बनाउन स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार, स्वास्थ्यकर्मी, औषधि तथा औजार उपकरण व्यवस्थापनमा जोड दिइनेछ ।
• “कुपोषण र विभेद, महाभारतमा निषेध” भन्ने नाराका साथ बालबालिका तथा किशोर किशोरीहरुको नियमित स्वास्थ परीक्षण गरी जोखिमहरु समयमानै पहिचान गर्ने, उचित परामर्श दिने, • स्वस्थ जीवनशैली तथा खानपानका व्यवहारहरु सिकाउने, यौन तथा प्रजनन स्वास्थ्य शिक्षा दिने, कुपोषित बालबालिकालाई पोषण खर्च वितरण साथै पोषणमैत्री र किशोर किशोरी मैत्री स्वास्थ संस्था सञ्चानलको व्यवस्था मिलाइनेछ ।
• ” महाभारत बन्दै छ, बा आमालाई सन्चै छ ” भन्ने नाराका साथ नसर्ने रोगहरु खास गरी मुटु तथा रक्तनली, दम, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मृगौला रोग जस्ता रोगहरुको प्रकोपलाई • न्युनिकरण गर्न र समयमा नै निदान गर्न टोल टोलमा स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि सहितको एकिकृत घुम्ति शिविरहरु सञ्चालन कार्यक्रम निरन्तरता दिएको छु ।
• संस्थागत सुत्केरीको संख्या वृद्धि गरि नवजात शिशु मृत्युदर घटाउन राष्ट्रिय महिला स्वास्थ्य स्वयम् सेबिका परिचालन तथा प्रोत्साहन कार्यक्रमको लागि बजेट व्यवस्था गरेको छ । छु
• घर्तिछाप स्वास्थ्य चौकीमा सञ्चालनमा रहेको भ्याक्सिन सव-स्टोरलाई निरन्तरता दिईनेछ । साथै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
• गाउँपालिका अन्तर्गतका माझी, पहरी तथा दलित सुमदायका सम्पूर्ण नागरिकहरुको निःशुल्क स्वास्थ्य विमा तथा पालिकाकाको प्रत्येक घरधुरीलाई ७० प्रतिशत रकम पालिकाबाट व्ययभार गरी स्वास्थ्य वीमाको लागि आवस्यक बजेटको व्यवस्था मिलाईनेछ ।
ग संस्कृति सम्बन्धी नीति तथा कार्यक्रम
• गाउँपालिकालाई खुल्ला वहुसांस्कृतिक संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्दा वहुसांस्कृतिक पहिचान र मौलिकता झल्किने वास्तुकला, मूर्तिकला, चित्रकला जस्ता सङ्केतहरु निर्माण गरिनेछ ।
• गाउँपालिकाभित्र बोलिने विभिन्न जातजातिका मातृ भाषाहरुको संरक्षण गर्दै त्यस्ता भाषाको लीपि तथा व्याकरण लेखन तथा प्रकाशन गर्ने नीति लिइनेछ ।
युवा तथा खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम
• ” गाउँपालिकाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ गाँउपालिका तथा वडास्तरीय खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
• खेलकुद सम्बन्धी तालिम, प्रशिक्षण, प्रतियोगिता लगायतका क्रियाकलापका लागि गाउँपालिकामा गाउँ खेलकुद विकास कोषलाई निरन्तरता दिइनेछ ।
• गाउँ खेलकुद समितिको गठन गरी सम्पूर्ण खेलकुद गतिविधिलाई नियमन र व्यवस्थित गर्दै संस्थागत रुपमा विकास गरिनेछ
• टिम, क्लब, संघ संस्था, विषयगत खेल प्रशिक्षण समिति, वडा स्तरीय खेलकुद समितिहरुको व्यवस्थापन गर्ने नीति लिइनेछ ।
• गाउँपालिका स्तरीय खेलकुद मैदान निर्माण गरिनेछ । साथै वडास्तरीय खेलकुद मैदान निर्माण कार्यलाई निरन्तरता दिइनेछ। महाभारत खेलकुद समितिद्वारा खेलकुद विकास र खेलाडीको • स्तरवृद्धि गर्नका लागि आवश्यकता अनुसार विभिन्न खेलहरुको तालिम र प्रशिक्षणको व्यवस्था गरिनेछ ।
ङ लैङ्गिक समानता र सामाजिक समावेशीकरण
• महिला, बालबालिका, अल्पसंख्यक, भुमिहीन, अति गरिब, आदिवासी जनजाति र सामाजिक बहिस्करणमा परेका वर्गको लागि उत्थानशील कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
• आमा बुवा बिहीन बालबालिकाहरुको लागि प्रोत्साहन कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
• बालमैत्री स्थानीय तह घोषणाको लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
• ऐतिहासिक कालदेखि जीवन निर्वाहको रुपमा अपनाइ आएका परम्परागत पेशालाई व्यवसायिक उद्यमको रुपमा विकास गर्न पुँजी लगानी सहयोग गरिनेछ।
• अपाङ्गता भएको व्यक्तिहरुको सशक्तिकरण सिप विकास एवं अधिकार संरक्षण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ
• जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण तथा औषधी उपचार लयागत अन्य सेवाहरु व्यवस्थापनमा जोड दिइनेछ ।
• गृहिणी महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गर्न प्रदेशसँग साझेदारी गरिनेछ ।
• यौनिक तथा लैङ्गिक अल्पसंख्यक पहिचान तथा संरक्षण कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
३ भौतिक पूर्वाधार विकास
क यातायातः
• गाउँपालिकाभित्रका सम्पूर्ण सडकहरुको मापदण्ड कायम गरी सोही अनुरुप गाउँपालिकाको यातायात गुरुयोजना (RMTMP) लाई कार्यान्वयन गरिनेछ ।
• गाउँपालिकाभित्रका सडकहरुको मर्मत कार्यलाई प्रभावकारी बनाउन मुख्य मुख्य सडकहरु बाह्रैमास सञ्चालन हुने गरी ममर्त सम्भार कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ ।
• संघीय समपूरक अनुदान अन्तर्गत ताराखसे लेख अम्बलबास टोकेदमार सडकको स्तरोन्नती गर्ने कार्य नेपाल सरकारसँगको साझेदारिमा सुरु गरिनेछ ।
• प्रदेश समपुरक अनुदान अन्तर्गत सोला टुनिवास बेतेनी बिसौनि, सहान गोकुले र सोतेल टोके सडक स्तरोन्नतिको बजेट विनियोजन गरेको छु ।
• यातायात पूर्वाधारलाई दीगो बनाउने लक्ष्यअनुरुप प्रत्येक आ.व.मा कम्तिमा १ कि.मि. पक्कि सडक (कालोपत्रे / ढलान) निर्माण गर्ने नीति अन्तर्गत तीनखुट्टे सर्दुङ कालोपत्रे सडक बहुवर्षीय आयोजना रु ७० लाख तथा खेतडाँडा सल्लेनी हुँदै मगरगाउँ जाने कालोपत्रे सडक बहुवर्षीय आयोजनाको लागि रु ७० लाख बजेट विनियोजन गरेको छु ।
ख भवन तथा आवास
• गाउँपालिकाभित्रको जग्गा वर्गीकरण मापदण्ड अनुसार भू-उपयोग क्षेत्र निर्धारण गरी वस्ती विकास, भवन निर्माण तथा अन्य सार्वजनिक निर्माण कार्यलाई थप व्यवस्थित र गुणस्तरीय रुपमा सञ्चालन गरिनेछ ।
वस्ती विकास तथा भवन निर्माण मापदण्ड र नक्सापासको लागि कार्यविधि बनाई कार्यान्वयन गरिनेछ ।
• गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण चालु आ.व. मा नै सम्पन्न गरी नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ ।
• प्रदेश विशेष अनुदान अन्तर्गत ज्योति मा.वि. वडा नं. ७ को विद्यालय भवन निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।
ग खानेपानी तथा सरसफाई
• एक घर एक धारा नीतिलाई निरन्तरता दिइनेछ ।
• संघीय बिशेष अनुदान अन्तर्गत वडा नं ७ स्थित उद्याउने मारभञ्ज्याङ लामिटार खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइनेछ ।
• गाउँपालिकाभित्र रहेका खानेपानीका मुहान, सिमसार क्षेत्रको संरक्षण गर्दै ती स्रोतहरुबाट खानेपानीको आपूर्ति गर्ने प्रबन्ध गरिनेछ ।
• विभिन्न खोला नदी तथा अन्य स्रोतबाट खानेपानी आपूर्ति गर्ने व्यवस्थाको लागि सम्भाव्यता अध्ययन गरी संघीय सरकार र प्रदेश सरकारको सहकार्यमा निर्माण कार्य अगाडि बढाइनेछ ।
घ जलस्रोत तथा सिँचाई
• गाउँपालिकाभित्र रहेका कृषियोग्य जमिनमा सिँचाईको उपलब्धता सुनिश्चित गर्न सिँचाईको मुहान खोजी तथा सम्भाव्यता अध्ययन गरी कार्यान्वयनमा ल्याइनेछ ।
• ठुला सिँचाई आयोजनाहरु सञ्चालन गर्न संघ तथा प्रदेश सरकारसँगको सहकार्यमा निर्माण कार्य अगाडी बढाइनेछ । ङ संस्कृति पर्यटन पुर्बाधार
• गाउँपालिकाभित्रका धार्मिक तथा सांस्कृतिक तथा पर्यटकीय सम्पदाहरुको संरक्षण र सम्बर्धन गर्ने कार्यलाई निरन्तरता दिइनेछ
४ वातावरण, जलवायु तथा विवद् व्यवस्थापन
• गाउँपालिकाबाट सञ्चालन हुने प्रमुख आयोजनाहरुको कार्यान्वयन गर्दा वातावरणीय अध्ययन कार्यान्वयनमा ल्याइनेछ । • गाउँपालिकाभित्र ढुङ्गा, गिट्ट/बालुवा जस्ता नदिजन्य पदार्थहरुको अनाधिकृत दोहनलाई नियन्त्रण गरी व्यवस्थित र प्रभावकारी बनाउन पालिकाको मापदण्ड अनुसार कार्यान्वयनमा ल्याइनेछ ।
• विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न पुर्व तयारी विपद् न्यूनीकरण प्रतिकार्य र पुनर्स्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइनेछ ।
५ सुशासन, सार्वजनिक सेवा तथा क्षमता विकास सम्बन्धी कार्यक्रम
• “सार्वजनिक जवाफदेहिता: शासन विकास र सेवा प्रवाहमा पारदर्शिता” भन्ने मूल आदर्शलाई अनुशरण गरी सार्वननिक सुनुवाई तथा सार्वजनिक परीक्षणलाई अनिवार्य अबलम्बन गरी नागरिक गुनासो व्यवस्थापन प्रणाली (Citizen Grievances Response App) यथाशिघ्र तयार गरी लागु गरिनेछ ।
• “राजनीतिक प्रतिवद्धता र प्रशासनिक सक्षमता: जनप्रतिनिधि र कर्मचारीमा दक्षता” भन्ने मूल नारालाई आत्मसात् गर्दै जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको सीप तथा क्षमता अभिवृद्धिको लागि आवधिक रुपमा आवश्यक तालिम, गोष्ठी तथा अध्ययन अवलोकन भ्रमण कार्यक्रमलाई निरन्तरता दिएको छु ।
• योजना तथा कार्यक्रम (PPMS), लेखाङ्कन प्रणाली, राजश्व सुधार, ई सिफारिस (दर्ता चलानी), अभिलेख व्यवस्थापन लगायत गाउँपालिकाबाट प्रवाह हुने सबै सेवाहरुमा सफ्टवेयर निर्माण गरी विद्युतीय शासनलाई कार्यान्वयनमा आवस्यक बजेट प्रवन्ध गरेको छु ।
• गाउँपालिकाको काम कारबाहीलाई पारदर्शी तथा नागरिकमैत्री बनाउन “हाम्रो महाभारत” नामक मोबाइल एप निर्माण गरी नागरिक वडापत्रहरु, सूचनाहरु र गाउँपालिका प्रोफाईल आदिको जानकारी प्रदान गर्ने कार्य तीव्रताका साथ अगाडि बढाइनेछ
• कार्यसम्पादन मूल्याङ्कन सूचकसहितको कर्मचारी व्यवस्थापन प्रणाली (PIS) software निर्माण गरी पालिक कर्मचारीहरुलाई कार्यसम्पादनमा आधारित दण्ड पुस्कार प्रणालीको कार्यान्वयन गरिनेछ ।
• सार्वजनिक खर्चलाई वैज्ञानिक, अनुमानयोग्य र नतिजामूखी तुल्याउन आवधिक योजना मध्यमकालीन खर्च संरचना (MTEF) पद्धति तथा गुरु योजना अध्यावधिक गर्न बजेट राखेको छु ।
• पालिकाका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य बीमाको लागि आवश्यक बजेट प्रबन्ध गरेको छु ।
• कर्मचारीहरुको पदीय जिम्मेवारी र जवाफदेहिता प्रवर्द्धन गर्न मासिक त्रैमासिक, अर्धवार्षिक र वार्षिक प्रगति समीक्षा प्रतिवेदन तयारीको कार्यलाई नियमित गर्न बजेट व्यवस्था गरेकोछ ।
• गाउँपालिकाभित्रका धार्मिक सांस्कृतिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटन पूर्वाधार विकासको लागि बहुवर्षीय आयोजनाको लागि रु ७० लाख विनियोजन गरेको छु ।
• पालिकाका प्रत्येक करार कर्मचारीहरुको मासिक तलवमा रु २००० वृद्धि गर्ने गरी वजेटको प्रबन्ध गरेको छु ।
• स्थानीय तहका स्थायी कर्मचारीहरुको महंगी भत्ता रु ३००० ले वृद्धि गर्ने गरी वजेट व्यवस्था गरेको ६ कर, राजस्व तथा आन्तरिक श्रोत परिचालन कार्यक्रम छु ।
• स्थानीय स्रोतहरूको दीगो उपयोग गाउँपालिकाको आन्तरिक राजश्व वृद्धि गर्न नयाँ करको दर र दायरा विस्तार गरिनेछ ।
• पर्यटन, कृषि, पशुपालन, जलाशय, कफि पकेट क्षेत्रहरूबाट आम्दानी वृद्धिको योजनालाई निरन्तरता दिइनेछ ।
• करको महत्त्व, प्रक्रिया र समयसीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न बजेटको प्रबन्ध मिलाएको छु ।
ख स्थानीय तथ्याङ्क सङ्कलन र अभिलेख व्यवस्थापन सामाजिक सुरक्षा तथा पञ्जीकरण
• सामाजिक सुरक्षा भत्ता कम्तिमा २ पटक भुक्तानी शिविर वडास्तरमा मोवाइल बैंकिङ प्रणाली मार्फत वितरण गरिनेछ ।
• जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचय पत्र वितरण गर्न बजेट व्यवस्था मिलाइनेछ ।
• बायोमेट्रिक भेरिफिकेसन गरी सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको नवीकरणको लागि आवश्यक बजेट व्यवस्था गरेको छु
• प्रत्येक वर्ष घटना दर्ता अभियानको रुपमा सञ्चालन गरिनेछ ।
ग वित्तीय
• गाउँपालिका क्षेत्रभित्र सञ्चालित बित्तीय संस्थाहरुलाई विपन्न र पिछडिएको समुदायमा परिचालन गर्न प्रोत्साहन गरिनेछ ।
• गाउँपालिका क्षेत्रमा सञ्चालित वित्तीय संस्थाहरुलाई गाउँपालिकामा दर्ता हुन र नयाँ वित्तीय संस्था खोल्नु पूर्व अनिवार्य रुपमा गाउँपालिकाको स्वीकृति लिनु पर्नेछ ।
घ न्यायिक समिति
• सबै गाउँपालिकाबासीहरुलाई छिटो, छरितो, पहुँचयोग्य र प्रभावकारी न्याय सेवा प्रदान गर्ने नीति अवलम्वन गरिनेछ ।
• सभ्य समाज निर्माण गरी सुदृढ समुदायको विकास गर्न मेलमिलाप केन्द्र सञ्चालन र व्यवस्थापनमा आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
• न्यायिक समितिका पदाधिकारी र मेलमिलापकर्ताहरुको क्षमता तथा दक्षता विकास गर्न विशिष्ट तालिम तथा प्रशिक्षणको लागि बजेटको प्रबन्ध गरिनेछ ।
• मेलमिलाप केन्द्रहरुको नियमित अनुगमन गर्ने र वडा स्तरीय सचेतना मूलक कार्यक्रमको लागि बजेट व्यवस्था गरेको छु।
• गरिबी असहाय तथा पिछाडीएको व्यक्तिहरुलाई निःशुल्क कानूनी परार्मश तथा सहयोग उपलब्ध गराईनेछ ।
७. राष्ट्रिय रोजगार कार्यक्रम तथा युवा स्वरोजगार कार्यक्रम
• राष्ट्रिय रोजगार कार्यक्रम, आन्तरिक रोजगारी दशक, बैदेशिक रोजगार बोर्डको ( FEWMIS), कनसुलर सेवा विभागको को पोर्टल र श्रम संसार पोर्टललाई प्रभावकारी रुपमा सञ्चालनका लागि हाल रोजगार सेवा केन्द्रमा कार्यरत रहेको जनशक्ति व्यवस्थापन निरन्तरता गर्न आवश्याक बजेट विनियोजन गरेको छु ।
• यस गाउँपालिकाले रोजगार रणनीति तर्जुमा गरी कार्यान्वयन गर्नुका साथै आन्तरिक रोजगारी प्रवर्द्धन अभियान सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
• रोजगार संवाद मञ्चलाई व्यवस्थित तरिकाले सञ्चालन आवश्यक बजेट व्यवस्था गरेको छु ।
• राष्ट्रिय रोजगार कार्यक्रम सञ्चालनका लागि रोजगार आयोजनाहरु सञ्चालनमा आवश्यक पर्ने निर्माण सामग्री लगाएतमा स्थानीय तहको सत प्रतिशत लागत साझेदारीमा कार्यान्वयन गर्ने गरी बजेट व्यवस्था मिलाइनेछ ।
• सबै खाले कामको सम्मानको लागि ” श्रमको सम्मान राष्ट्रको अभियान” सम्बन्धी क्रियाकलाप सञ्चालनलाई निरन्तरता दिईएको छ ।
• वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि गरिने पुनः श्रम स्वीकृति साथै कन्सुलर सेवा विभागबाट प्रदान गरिने सेवाहरु गाउँपालिकाबाट नै दिन बजेट व्यवस्था गरेको छु ।
• रोजगार प्रबर्द्धन कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्न स्वरोजगार तथा रोजगारमूलक कार्यक्रमहरू सञ्चालनमा जोड दिनुका साथै बाध्यात्मक अवस्थामा बैदेशिक रोजगारीमा जानेहरू र तिनका परिवार लक्षित गरी बैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र गुणस्तरीय बनाउन सूचना तथा परामर्श सेवा, मनोसामाजिक परामर्श सेवा र रिटर्नी स्वयंसेवक परिचालन तथा बैदेशिक रोजगारीबाट फर्केका आप्रवासी कामदार तथा तिनका परिवारहरुलाई उद्यम स्थापना गर्न प्रोत्साहन तथा सहयोग गरिनेछ ।
८. गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम
• “सीप सिकौ आत्मनिर्भर बनौ भन्ने मूल नाराका साथ गाउँपालिकाको सबै वडाहरुमा लघु उद्यम विकास कार्यक्रम ” सञ्चालन को लागर बजेट व्यवस्था गरेको छु ।
• स्थानीय सिप तथा स्रोतको उपयोग गरी नयाँ लघु उद्यमी सिर्जना गरिने छ।
• पुराना उद्यमीहरुको लागि एडभान्स सीप तालिम प्रविधि सहयोग तथा बजारीकरणको कार्यक्रमहरु सञ्चालन गर्न बजेट व्यवस्था गरेको छु
• उद्यमशील संस्कारको विकास गर्न उद्यमशीलता विकास तालिम सञ्चालन गरिने छ ।
विषयक्षेत्रगत बजेट
बिकास बजेट अन्तर्गत छुट्याइएको २२ करोड ५१ लाख ७४ हजार रुपैया रकमलाई महाभारत गाउँपालिकाको समस्टिगत विषय क्षेत्रको आधारमा निम्नानुसार रकम विनियोजन गरिएको छ ।
आर्थिक विकास
गाउँसभाका सदस्यज्यूहरु
अन्त्यमा, आ व २०८२/८३ को बजेट तर्जुमाको क्रममा मैले सभामा पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा गहन अन्तरक्रिया गरी मार्गदर्शन गर्नु भएकोमा सभाका सदस्यहरुप्रति कृतज्ञता प्रकट गर्दछु । साथै बजेट निर्माणका क्रममा सुझाव प्रदान गर्ने विषयगत समिति, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, निजीक्षेत्र, सहकारी क्षेत्र, नागरिक समाज, करदाता, संचार जगत, तथा आम महाभारतवासी प्रति हार्दिक आभार प्रकट गर्दै महाभारतको सर्वाङ्गीण विकासमा योगदान पुऱ्याउने नागरिक तथा सरोकारवालाहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । दीगो आर्थिक विकास तथा सामाजिक विकास मार्फत समृद्धि हासिल गर्ने तथा सुशासन र सामाजिक न्याय प्रत्याभुत गर्दै समृद्ध महाभारत निर्माण गर्ने ध्येयका साथ प्रस्तुत गरिएको यस बजेटको सफल तथा अनुशरणीय कार्यान्वयनमा सम्बद्ध सबै पक्षबाट रचनात्मक तथा सकारात्मक सहयोग प्राप्त हुने विश्वास लिएको छु ।
धन्यवाद !!!
सागर मोक्तान
उपाध्यक्ष