काभ्रे । “हाम्रो अभियान हामी युवाको सशक्त कदम उज्वल समाजको निर्माण” भन्ने मुल नाराका साथ स्थापना भएको युवा सेवा समाज महाभारत गाउँपालिका १ काभ्रेले महाभारत गाउँपालिकाको वडा नं. १ बाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट जीपीए ल्याउने तथा उतिर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।

केही दिनअघि प्रकाशित एसईई नतिजामा उत्कृष्ट जीपीए ल्याएका ४ विद्यार्थी सहित ४७ जना उतिर्ण भएका विद्यार्थीहरुलाई युवा सेवा समाजले सम्मान गरेको हो ।

गाउँपालिकाको नं. १ वडामा दुई वटा विद्यालय रहेको छ । गोकुले माध्यमिक विद्यालय र भैरव माध्यमिक विद्यालय रहेको छ । भैरव माविमा प्राविधिक शिक्षा समेत अध्ययन हुने गरेको छ ।

गाउँपालिकाको नं. १ वडा बाट एसईईमा भैरव माविबाट ३.४५ जीपीए ल्यएका निर्मल जिम्बा, गोकुले माविबाट ३.३८ जीपीए ल्याएकी आत्मा योन्जन र ३.२७ जीपीए ल्याएकी सोनि दर्लामी र प्राविधिक धार तर्फबाट भैरव माविबाट यशोदा गोलेलाई शैक्षिक सामग्री सहित खादा लगाएर सम्मान पत्रद्धारा सम्मान गरेको हो । साथै युवा समाजले गोकुले माविबाट उतिर्ण भएका २० विद्यार्थी, भैरव माविबाट उतिर्ण भएका १५ जना र प्राविधिक धार तर्फ उतिर्ण १२ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित सम्मान गरेको हो ।

विषेश गरि वडा नं. १ बाट देश विदेशमा रहेका सक्रिय युवाहरु विछोड जिम्बा, अमृत योन्जन, अविरल मोक्तान, ओम कुमार श्रेष्ठ, प्रशान्त तामाङ, जनलाल योन्जन, रोसन थिङ, लनम दोर्जे सिङ्तान, बिशाल योन्जन, रमेश योन्जन, सुनिल थिङ, केशव मोक्तान, दोर्जे जिम्बा, रेशम जिम्बा, नविन श्रेष्ठ र कपेन्द्र मोक्तानको विषेश सहयोगमा उक्त सम्मान कार्यक्रम गरेको हो ।

सम्मान कार्यक्रममा वाइसिए नेपालका बागमती प्रदेश सचिव ङेमसाङ योन्जन (प्रदिप), युवा नेता तथा संचारकर्मी अमृत योन्जन, पत्रकार मोतीलाल मोक्तान, युवा समाजका युवाहरु लगायत विभिन्न विद्यालयको विद्यार्थीहरुको उपस्थिती हरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय