महाभारत,काभ्रे । युवा सेवा समाज महाभारत गाउँपालिका १ काभ्रेले एकजना पिसाब थैलीमा समस्या भएका बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

“हाम्रो अभियान हामी युवाको सशक्त कदम उज्वल समाजको निर्माण” भन्ने मुल नाराका साथ स्थापना भएको युवा सेवा समाजले काभ्रेको धुलिखेल अस्पातलमा उपचार गराइरहेका महाभारत गाउँपालिका १ धापका २९ बर्षका चन्द्र लुङ्गेलीलाई १० हजार सहयोग गरेको हो । काम गर्ने सिलसिला लडेर घाईते भएपछि पिसाब थैलीमा समस्या भएका हो ।

विषेश गरि महाभारत गाउँपालिका वडा नं. १ बाट देश विदेशमा रहेका सक्रिय युवाहरु विछोड जिम्बा, अमृत योन्जन, अविरल मोक्तान, ओम कुमार श्रेष्ठ, प्रशान्त तामाङ, जनलाल योन्जन, रोसन थिङ, लनम दोर्जे सिङ्तान, बिशाल योन्जन, रमेश योन्जन, सुनिल थिङ, केशव मोक्तान, दोर्जे जिम्बा, रेशम जिम्बा, नविन श्रेष्ठ र कपेन्द्र मोक्तानको विषेश पहलमा उक्त रकम संकलन गरेको हो ।

संकलित रकम वाइसिए नेपालका बागमती प्रदेश सचिव ङेमसाङ योन्जन (प्रदिप), युवा नेता तथा संचारकर्मी अमृत योन्जन, पत्रकार मोतीलाल मोक्तान र युवा समाजका युवाहरुले बनेपामा एक कार्यक्रमका बिच बिरामी चन्द्र लुङ्गेलीलाई हस्तान्तरण गरेको हुन् ।

लुङ्गेलीलाईको परिवारले आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै सहयोगको अपिल गरेको थियो ।

लुङ्गेली १७ महिना देखि घाईते पछि पिसाब थैलीमा समस्या भएर उपचार गर्दै आएकोमा हाल अप्रेसनका लागि केही आर्थिक संकलन भए पनि, हाल सम्ममा अप्रेसनको लागि आर्थिक नपुगेको उनको परिवारजनले बताए । आर्थिक अभाव भएकाले संघसंस्था तथा ईच्छुक व्यक्तिलाई सहयोग गर्न आग्रह गरेका छन् ।

परिवारले मनकारी महानुभावहरुसँग सहयोगको अपिल गरेको छ । सहयोगका लागि उनका भेनाजु चन्द्र बहादुर दर्लामी मगरको खाता नम्बर यहाँ उल्लेख छ । लक्ष्मी सन्राइज बैंक लिमिटेडको चन्द्र बहादुर दर्लामी मगरका नाममा ०९३०५३८४४२२०९००१ नम्बरको खाता रहेको छ । उक्त खातामा सहयोग गर्न सकिने छ । थप जनकारीको लागि चन्द्र लुङ्गेली(बिरामी) ९७६८३६६२९७ र चन्द्र बहादुर दर्लामी ९८६१७८८१७२ सम्पर्क गर्न सक्नुहुने छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय