काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने भएको छ । वामदेव गौतम अध्यक्ष रहेको नेकपा एकता राष्ट्रिय अभियान र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकीकरण गर्ने सहमति भएको हो ।

नेपाल र वामदेव गौतमसहितका नेताहरूबीच छलफल हुदाँ राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेकाले पार्टी एकताको सहमति भएको बताइएको छ ।

“नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी)मा एकतावद्ध हुने सहमति गरियो,” विज्ञप्ति जारी गर्दै नेपाल र गौतमले भनेका छन्, “२०८२ साउन २ गते राष्ट्रियसभा गृहमा एकताको घोषणा गर्ने सहमति भयो ।”

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय