बनेपा, काभ्रे । जापान अध्ययन तथा रोजगारीको तयारी गरिरहेका विद्यार्थी र कामदारहरूका लागि खुसीको खबर आएको छ। काठमाडौंको बानेश्वरमा विगत सात वर्षदेखि सफलतापूर्वक सञ्चालनमा रहेको वेल एजुकेसन हबले अब आफ्नो नयाँ शाखा काभ्रे जिल्लाको बनेपामा पनि सञ्चालनमा ल्याएको छ। सोमबारबाट नै बनेपाको बसपार्क छेउ, चदनीचोक अघिल्तिर यो शाखाले आफ्नो औपचारिक सेवा सुरु गरेको हो।
वेल एजुकेसन हब एक जापानी भाषा र शिक्षा कन्सलटेन्सी हो, जसले नेपाली विद्यार्थी तथा श्रमिकलाई जापान जाने प्रक्रिया र तयारीमा सहयोग प्रदान गर्दै आएको छ। संस्थाले जापान जान इच्छुक व्यक्तिहरूका लागि भाषा प्रशिक्षण, परामर्श सेवा, भिसा प्रक्रिया र कागजात व्यवस्थापनजस्ता सेवा प्रदान गर्दै आएको छ।


संस्थाका संचालक सियो रबिन तिमिल्सिनाका अनुसार, बनेपामा शाखा स्थापना गर्नुको उद्देश्य काभ्रे जिल्लाका स्थानीय विद्यार्थी तथा जापान जान चाहने इच्छुक युवाहरूसम्म सहज पहुँच पुर्याउनु हो। “हामी सात वर्षको अनुभव लिएर काभ्रेली जनताको घरदैलोमै सेवा लिएर आएका छौं,” तिमिल्सिनाले भने।

भाषा पढेर जापान जान सुवर्ण अवसर
यस संस्थाबाट जापानी भाषा अध्ययन गर्न चाहने विद्यार्थी तथा कामदारहरूका लागि सुवर्ण अवसर खुलेको छ। कन्सलटेन्सीले भाषा सिक्न इच्छुक सबैलाई योग्य बनाउँदै जापानको विद्यार्थी भिसा (Student Visa) तथा कामदार भिसा (Working Visa) प्रक्रियामा सहयोग पुर्याउने जानकारी दिएको छ।
१५ जनाका लागि विशेष छुट अफर
सुरुवातको अवसरमा संस्थाले १५ जनाका लागि विशेष छुट र अफर पनि उपलब्ध गराएको छ। विद्यार्थी भिसामा जान चाहनेहरूलाई ‘सिओ’ नामक विशेष अफर अन्तर्गत शुल्कमा छुट दिइनेछ भने कामदार भिसाका लागि पनि सेवा शुल्कमा विशेष सहुलियत दिइने संस्थाले जानकारी दिएको छ।

संस्थाले सेवा विस्तारसँगै अब काभ्रे जिल्लाका युवायुवतीहरूले काठमाडौंसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने बताएको छ। बनेपामा सेवा सुरु भएसँगै स्थानिय स्तरमै परामर्श, भाषा प्रशिक्षण र भिसा सेवा उपलब्ध हुने भएकाले इच्छुक सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।










