महाभारत, काभ्रे । काभ्रेपलाञ्चोकमा एक वृद्वा रूखमा झुन्डिएको मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको महाभारत गाउँपालिका– ८ चकमके निवासी ५८ वर्षीय चन्द्रलाल भ्लोन घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।


घरबाट करिब सय मिटर नजिक खनिउको रूखमा झुन्डिएको अवस्थामा फेला परेको वडा सदस्य वाङठील गोलेले ग्लोबल खबरलाई जानकारी दिए।
हिजोबाट हराए पछि स्थानीयले खोजी गर्दा आज बिहान ७ बजे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलि घटना स्थलमा जादै छन् ।
घटना स्थलमा पुगेपछि अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।












