काठमाडौं । काठमाडौंको पेप्सिकोला नजिकै गएराति पानी ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक घाइते भएका छन् । काठमाडौँ प्रहरी परिसरका अनुसार, काभ्रेको रोशी गाउँपालिका-३ घर भएका २५ वर्षीय नवराज तुमसिङको दुर्घटनामा मृत्यु भएको हो ।

गएराति करिब पौने ९ बजे काठमाडौँ महानगरपालिका-३२, छाप्रोस्थित सडक खण्डमा जडिबुटीबाट पेप्सिकोलातर्फ आउँदै गरेको बा.प्र ०१-००४ क ३२८७ नम्बरको पानी ट्यांकरले विपरीत दिशाबाट आइरहेको बा.प्र ०२-०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

तीव्र गतिको ट्यांकरको ठक्करले मोटरसाइकलको पछाडि सवार तुमसिङ उछिट्टिएर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनामा मोटरसाइकल चालक, रोसी गाउँपालिका-३ कै २६ वर्षीय सन्तोष मगर पनि घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना गराउने ट्यांकरका चालक धादिङ निवासी ४७ वर्षीय रामबहादुर थापालाई प्रहरी प्रभाग कोटेश्वरले तत्कालै नियन्त्रणमा लिएको छ । पक्राउ परेका चालकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय