महाभारत, काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियानको धमाधम संचालन गरिरहेको छ । साउन १ गतेबाट उद्धघाटन गरिएको अभियान काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा पनि सक्रिय रूपमा धमाधम संचालन गरेको हो ।
वाईसीएल नेपाल महाभारत गाउँपालिका कमिटिको आयोजनामा झोलुङ्गे पुल तथा सडक मर्मत गरिएका छन् । ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान अन्र्तगत गाउँपालिका केन्द्र देखि वडा नं. १,२,३ र ८ जोड्ने सडक तथा झोलुङ्गे पुल मर्मत गरि पुल मार्फत दुईपाङ्रे सवारी हिड्न मिल्ने ब्यबस्था मिलाएको वाईसीएल नेपाल महाभारत गाउँपालिका अध्यक्ष सन्चमान लो ले जानकारी दिए ।


वाईसीएल, स्थानीय पार्टी नेता, कार्यकर्ता सहित ५० जना भन्दा बढिको सक्रियतामा सडक, झोलुङ्गे पुल मर्मत तथा सरसफाई गरिएको हो ।












