खानीखोला, काभ्रे । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल खानीखोला गाउँपालिकाले श्रम तथा उत्पादन अभियान सुरुवात गरेको छ । शनिबार वाईसिए नेपाल खानीखोला गाउँपालिका कमिटीकाे आयोजनामा श्रम तथा उत्पादन अभियान गाउँपालिकाको –५ नं. वडा बाट सुरु गरेको हाे।

गाउँपालिका कमिटीका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का नेता अविरल जिम्बाको प्रमुख आतिथ्यमा अभियानको उद्घाटन गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जिम्बाले अहिलेको समयमा युवा पुस्ताले केवल राजनीति मात्र नभई समाजको आधारभूत समस्या समाधानमा प्रत्यक्ष रुपमा संलग्न हुनुपर्ने बताए। उनले भने, “जनताको अप्ठ्यारा बाटो–घाटो, जीवनका विभिन्न समस्या समाधानमा युवाले अग्रपंक्तिमा रहनुपर्छ।वाइसिएको आगामी जिम्मेवारी नै जनता सँगै हत्तेमालो गर्दै अगाडि बढ्नु हो।”

अभियान अन्तर्गत गाउँपालिकाका सबै ७ वटै वडामा वाइसिए टोली परिचालन गरिने र सडक, बाटो, सिँचाइ, सरसफाइ, उत्पादन वृद्धिलगायत क्षेत्रमा सामूहिक श्रममार्फत जनतालाई सहयोग गर्ने निर्णय गरिएको छ।

अभियान उदघाटन खानीखोला गाउँपालिकाको खेलमैदानबाट सुरु भएको थियो भने कार्यक्रम करण किशोर आचार्य (केशव ) को अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिहरु समाजसेवी तथा युवा नेता गाउँकमिटी उपाध्यक्ष राजन अधिकारी , सहसचिव नर बहादुर थिङ, युवा नेता भरत लामा, बिजय कुमार लोप्चन, युवा नेता तथा सफल व्यबसाय निर्मल मोक्तान , खडक बहादुर बिक लगाएतको युवा नेताहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

वाईसिए नेपाल खानीखोला गाउँपालिका कमिटीका सदस्यहरुले भने, “यो अभियान केवल एक कार्यक्रम मात्र नभई युवा परिचालनमार्फत समाज विकासतर्फको दीर्घकालीन अभियान हुनेछ।”

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा युवा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय