खानीखोला, काभ्रे । उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पिडित एक युवाले आफ्नो ज्यान जोगाइदिन सबैसँग सहयोगको याचना गरेका छन्। आर्थिक अभावका कारण थप उपचारमा गर्न समस्या भएपछि काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर ३ भाङ्टार गाउँमा बस्ने २३ बर्षिया युवक अमर सिंतान तामाङले ज्यान जोगाउन सहयोग मागेका हुन्।
दुईवटै मृगौलाले काम गर्न छोडेपछि थलिएका अमर बिगत एक महिना देखि काभ्रेको धुलिखेल अस्पतालमा उपचारत छन्।


गाउँमै खेति किसान गर्दै बस्दै आएका अमरको स्वास्थ्यमा समस्या भएपछि परिक्षण गर्दा दुबै मृगौला खराव भएको पुष्टि भएका हुन्। पिडित अमरको आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका हुन्।
अमरसंगै उनकी पत्नी एक छोरा एक छोरी र अन्य परिवार आश्रीत छन्। घरको कमाउने र काम गर्ने व्यक्ति नै रोगले थलिएपछि परिवारको विचल्ली भएको छ ।
अमरले काभ्रेको धुलिखेल स्थित धुलिखेल अस्पतालमा डाइलोसिस तथा उपचार गराउदै आएका छन्। अस्पतालले उपचारका लागि ठूलो रकम खर्च लाग्ने बताएपछि उनको परिवार अहिल पैसाको खोजीमा भौतारिरहेका छन्।
हाल सम्म तीन लाख भन्दाबढी खर्च भइसकेको र औषधी किन्न होइन पानी खाने पैसा समेत नरहेको उनको फुपु कन्चन सिंतान तामाङले दुखी हुदै ग्लोबल खबरलाई बताइन् । उनकी आमा बेली माया सिंतानले आफ्नो छोराको जीवन रक्षाका लागि सहयोग गरिदिन सबैसंग आग्रह गरेकी छिन्।

‘घरमा आम्दानीको कुनै पनि श्रोत छैन, हालसम्म सबै ऋण काढेर उपचार गरियो, गाउँमा खेती किसान गरेर बस्ने हो, त्यहि पनि खाना समेत राम्रैसंग पुग्दैन’ उन बुबा मोतीलाल सिंतानले भने–‘कसैले सहयोग गरे छोरालाई बचाउन सकिन्थ्योकी ।’
परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।
दुबै मृगौला फेल अमर सिंतानलाई सहयोग गर्न इच्छुकले मन्देश मोक्तानको नविल बैंकको खाता नं. १२११००१७५०४४२० मा जम्मा गरिदिन वा आमा बेली माया सिंतानको ९७४२५१८६६५ तथा ग्लोबल खबरको टिमलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
- बैंक क्युआर











