काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रको सडक व्यवस्थापन सहज बनाउनका लागि ट्राफिक प्रहरी वृत बौद्धलाई ट्राफिक सामग्री सहयोग गरेको छ । विहिबार श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले दुइ सय वटा ट्राफिक कोन र रिट्र्याक्टेबल बार ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक शेखर जंग थापालाई हस्तान्तरण गरेका थिए ।

जेन जी आन्दोलनको व्रmममा बौद्ध क्षेत्रको सडकमा सडक व्यवस्थापनका लागी राखिएका ट्राफिक सामग्री ट्राफिक लाइट लगायतका सामाग्रीमा आगजनी र तोडफोडका कारण नष्ट भएको थियो ।

बाटोमा गुड्ने सवारीहरुको सहजता, दुर्घटना न्यूनीकरण र सचेतनाका लागि उक्त सामग्री प्रदान गरिएको श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराएका छन् । उनले उक्त ट्राफिक व्यवस्थापन सामग्रीले ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्दै प्रदान गरिएको सामग्रीको उचित प्रयोग गर्न अनुरोध गरेका थिए । श्री बौद्धनाथ क्षेत्र विकास समितिले आगामी दिनमा पनि प्रहरी वृत बौद्ध र ट्राफिक प्रहरी वृत बौद्ध संग हातेमालो गर्दै अघि वढने बताए ।

ट्राफिक प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी निरीक्षक शेखर जंग थापाले सहयोगको लागि धन्यवाद दिदै उक्त सामग्रीले सवारी दुर्घटना र त्यसबाट हुने क्षती न्यूनिकरणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए । जेन जी आन्दोलनको क्रममा ट्राफिक सामग्री ट्राफिक लाइट लगायतका सामाग्रीमा आगजनी र तोडफोडका कारण नष्ट भएको हुदा ट्राफिक व्यवस्थापन गर्न असहज हुदै आएको थियो ।

विहिबार नै श्री बौद्धनाथ क्षेत्र विकास समितिले ट्राफिक प्रहरी वृत बौद्धमा सरुवा भइ आएका प्रहरी नायव उपरिक्षक सन्तोष रोका लाइ स्वगत समेत गरिएको थियो । उक्त कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहन कुमार तामाङ, समितिका सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, सुरज लामा रूम्बा, पशुपतिनाथ (श्याम) खतिवडा, सहित ट्राफिक प्रहरीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय