महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकामा विद्यार्थीहरुको अभियानमार्फत आर्थिक सहयोग सङ्कलन गरी एक क्यान्सर पीडितलाई उपचारका लागि रु ४१ हजार ९ सय ५५ आर्थिक सहयोग प्रदान गरिएको छ । महाभारत गाउँपालिका वडा न.८ घर्तिछाप (चकमके) निवासी ब्लड क्यान्सर पीडित शुकु माया मोक्तानलाई श्री जनकल्याण मा.बि. घर्तिछापका पुर्व विद्यार्थी २०७२ एसएलसी र +२ विद्यार्थी ग्रुप अभियानबाट रकम जुटाएर बिहिबार पीडितको खातामा जम्मा गरेको अभियानका संयोजक शङ्कर मोक्तानले जानकारी दिए ।

पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न समस्या भएको ग्लोबल खबरबाट थाहा पाएपछि शङ्कर मोक्तानको विषेश पहलमा मुकेश जर्गा मगर, गोपाल मगर, दिपक राना मगर र लक्ष्मी मगरको विषेश सहयोगमा उक्त रकम संकलन भएको हो ।

गणेश सिँतानले रु ४ हजार ७५, चेत कुमार दर्लामीले रु ३५ सय , दिपक राना रु ३१ सय, बिमला थिङले रु ३१ सय, गोपाल पिठाकोटेले रु ३१ सय, सरिस्मा घलानले रु २५ सय २५, शङ्कर मोक्तानले रु २५सय , तेज कुमरी आलेले रु २५सय ,गोपाल आलेले रु २१ सय , मन कुमरी आलेले रु २ हजार , यसोदा मोक्तान रु २ हजार , मुकेश जर्गाले रु १५ सय ५, ललिता अस्तानी रु १५ सय , विष्णु आलेले रु १५ सय ,चन्द्रा आलेले रु १५ सय , कृशन अस्तानी रु १५ सय, बिनु लुङ्गेलीले रु १२ सय , दिलु जर्गाले रु ११ सय, नाराण दर्लामीले रु ६ सय ५०, लक्ष्मी दर्लामी रु ५ सय र देबेन्द्र अस्तानीले रु ५ सय गरि कुल रु ४१ हजार ९ सय ५५ आर्थिक सहयोग प्रदान गरिएको हो ।

मोक्तानको उपचारका लागि स्वदेश तथा विदेशमा रहेको नेपालीहरुबाट अहिलेसम्म रु ३ लाख २८ हजार ४०७ सङ्कलन भइसकेको पत्रकार तथा समाजसेवी अमृत योन्जन तामाङले जानकारी दिए ।“पैसा नभएर नै उहाँ उपचार गर्न समस्या भएको हाम्रो ग्लोबल खबरलाई जानकारी प्राप्त भयो”, पत्रकार तामाङले भन्नुभयो, “उहाँलाई मृत्युबाट जोगाउन जसरी पनि केही गर्नुपर्छ भन्ने लागेर हामीले अभियान थालेका हौँ।”

परिवारिक स्रोतका अनुसार सुकुमायाको ६ महिनादेखि बनेपाको शीर मेमोरियल अस्पताल हुदै हाल बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । हाल उनको अवस्था सुधारोन्मुख छ ।

आर्थिक सहयोग अभियान हाल पनि संचालन भइरहेकोले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीहरुले पीडित शुकुमाया मोक्तानलाई सहयोग गर्न सक्नुहुने छ ।

रक्त (ब्लड) क्यान्सर पीडित शुकुमाया मोक्तानलाई सहयोग गर्न इच्छुकले बिरामी शुकु माया मोक्तानको ग्लोबल आइएमई बैंकको खाता नं. ०८९०७०१०११४६२२ मा जम्मा गरिदिन वा श्रीमान रक्तिम लामा लोको मोबइल नं. ९७६१५२०१६०, सञ्चमान लो ९८५१२४३६१२, समाजसेवी एवं पत्रकार अमृत योन्जन तामाङ ९८४१५०२८९७ तथा ग्लोबल खबरको टिमलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय